close

कुनै पनि वेबसाइटको पुरानो स्वरूप हेर्न चाहनुहुन्छ ? यस्तो छ सजिलो तरिका

टेकपाना टेकपाना

मंसिर १६, २०७९ २०:०

कुनै पनि वेबसाइटको पुरानो स्वरूप हेर्न चाहनुहुन्छ ? यस्तो छ सजिलो तरिका

काठमाडौं । इन्टरनेटमा करोडौँको सङ्ख्यामा वेबसाइट लाइभ छन् । त्यसमध्ये हामीले चिनेका सयौँ वेबसाइट हुन्छन् । यस्ता वेबसाइट समयको मागअनुसार परिमार्जित हुँदै जान्छन् । सुरुवाती दिनमा साइट जस्तो थियाे, सधैँ उस्तै नहुन सक्छ ।

उदाहरणका लागि फेसबुक वा गुगललाई नै लिन सकिन्छ । यी दुई वेबसाइटसँग हामी पहिलेदेखि नै परिचित छौँ । तपाईँले पहिलो पटक फेसबुक प्रयोग गर्दा उक्त साइटको इन्टरफेस जस्तो थियो, अहिले पक्कै पनि त्यसभन्दा भिन्नै भएको देख्न सक्नुहुन्छ ।

यस्तै पुरानो इन्टरफेसँग हाम्रो भिन्नै किसिमको लगाव हुन्छ । त्यस्तै अहिले सर्वाधिक चर्चामा आएका वेबसाइट सुरुवाती दिनमा कस्तो थिए होलान् भन्ने धेरैको जिज्ञासा हुन्छ । हामीले सुरुवाती दिनमा देखेका, तर अहिले इन्टरनेटमा नरहेका वेबसाइट पनि हेर्न खोजिरहेका हुन्छौँ । त्यसका लागि पनि यो जानकारी उपयोगी हुन सक्छ ।

कुनै पनि वेबसाइट पहिले कस्तो थियो भन्ने कुरा जान्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले यहाँ लिङ्कमा क्लिक गर्नुहोस् ।

-त्यसपछि त्यहाँ देखिएको बक्समा आफूले हेर्न खोजेको वेबसाइटको यूआरएल (https://techpana.com) राख्नुहोस् ।

-अनि साइट कहिले सक्रिय थियो भन्ने कुरा क्यालेन्डरमा देखिन्छ ।

-माथि कुनै वर्ष छान्नुहोस् । र, तल क्यालेन्डरमा मार्क गरेको मितिमा क्लिक गर्नुहोस् ।

-त्यसपछि उक्त साइट त्यो समयमा कस्तो थियो, देखिन्छ ।

यदि तपाईँले कुनै समय आफ्नो वेबसाइटमा कुनै कन्टेन्ट राख्नुभएको थियो, तर अहिले वेबसाइट लाइभ छैन भने वेबसाइटका आर्काइभ हेर्न सक्नुहुन्छ ।

यसैगरी अहिले बढी चर्चामा आएका साइट सुरुवाती दिनमा कस्ता थिए भन्ने कुरा पनि यो ट्रिक अपनाएर हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ २०:८