close

नोकियाका यी फोनमा उपलब्ध हुनेछ एन्ड्रोइड १३

टेकपाना टेकपाना

मंसिर १७, २०७९ १०:४२

नोकियाका यी फोनमा उपलब्ध हुनेछ एन्ड्रोइड १३

काठमाडौं । नोकियाले हालै मात्र एन्ड्रोइड १२ अपग्रेड गर्ने तयारी भइरहेको घोषणा गरेको थियो । यो लगत्तै कम्पनीले केही स्मार्टफोनहरूको नाम सार्वजनिक गरेको छ, जसमा एन्ड्रोइड १३ उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार नोकिया एक्स १०, नोकिया एक्सआर २०, नोकिया एक्स २०, नोकिया जी५० र नोकिया जी ११ प्लसमा एन्ड्रोइड १३ को अपडेट उपलब्ध हुनेछ ।

यी स्मार्टफोनहरूले एन्ड्रोइड अपग्रेडको क्राइटेरिया पुरा गरेकोले एन्ड्रोइड १३ को अपग्रेड पाउने सूचीहरू कम्पनीले सार्वजनिक गरेको हो । यी सबै स्मार्टफोनहरू व्यावसायिक प्रयोजनका लागि सार्वजनिक गरिएका स्मार्टफोनहरू हुन् ।

यद्यपि हालै सार्वजनिक भएको सी ३१, जी ६० फाइभजी र एक्स ३० फाइभजी भने यो सूचीमा छैन । आउने दिनहरूमा यी फोनहरूमा पनि नयाँ अपडेट उपलब्ध हुने अनुमान भने गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०७९ ११:६