close

टेस्लाको सेमी ट्रकको पहिलो डेलिभरी पेप्सीलाई, सिङ्गल चार्जमा ८०५ किमिसम्म गुड्ने

टेकपाना टेकपाना

मंसिर १७, २०७९ १२:२१

टेस्लाको सेमी ट्रकको पहिलो डेलिभरी पेप्सीलाई, सिङ्गल चार्जमा ८०५ किमिसम्म गुड्ने

काठमाडौं । टेस्लाले आफ्नो सेमी ट्रकको पहिलो डेलिभरी पेप्सीलाई गरेको छ । पहिले नै भएको सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यी ट्रकको डेलिभरी पेप्सीलाई गरेको हो । यद्यपि यो ट्रकको मूल्य, भविष्यको उत्पादन अनि बजारमा आपूर्तीको विषयमा केही पनि खुलाइएको छैन ।

यसअघि कम्पनीले ४८३ किलोमिटर रेन्जको सेमी ट्रकको मूल्य एक लाख ५० हजार डलर र ८०५ किलोमिटर रेन्जको सेमी ट्रकको मूल्य एक लाख ८० हजार डलर तोकेको बताइएको थियो । तर पेप्सीलाई डेलिभरी गरेको मूल्यको विषयमा कुनै जानकारी बाहिरिएको छैन ।

एलन मस्कले यो ट्रकको प्रयोगले राजमार्गहरूमा कार्बन उत्सर्जन कम गर्नुका साथै कार्गोको लागि सहज र छिटो काम हुने बताउँदै आएका छन् । उनकाे कम्पनीले विगत पाँच वर्षदेखि यो विद्युतीय ट्रकमा काम गरिरहेको थियो ।

मस्कका अनुसार टेस्लाको सेमी ट्रकले एक पटकको फुल चार्जमा अधिकतम ८०५ किलोमिटरसम्मको रेन्ज दिन्छ । पेप्सीले सन् २०१७ मा नै टेस्लाको १०० ओटा सेमी ट्रक बुक गरेको थियो । यद्यपि अहिले कति ओटा गाडी डेलिभरी गरिएको भन्ने विषयमा केही खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०७९ १२:२१