close

आउँदो सातादेखि एन्ड्रोइड र वेयर ओएसमा आउँदैछन् यस्ता आकर्षक फिचर

टेकपाना टेकपाना

मंसिर १७, २०७९ १४:३३

आउँदो सातादेखि एन्ड्रोइड र वेयर ओएसमा आउँदैछन् यस्ता आकर्षक फिचर

काठमाडौं । एन्ड्रोइड र वेयर ओएसको लागि गुगलले हालै नयाँ फिचर घोषणा गरेको छ । यो फिचरहरू सबै एन्ड्रोइड फोन र वेयर ओएस भएका स्मार्टवाचमा उपलब्ध हुनेछ ।

यी नयाँ फिचरहरू आउँदो सातादेखि सुरु हुने कम्पनीले जनाएको छ ।

एन्ड्रोइड र वेयर ओएसका नयाँ फिचर: 

- मोबाइलबाट गुगल टिभी कनेक्ट गर्न मिल्ने 

अब गुगल टिभी एपलाई सिधैँ आफ्नो टिभीमा जोडेर हेर्न सकिने भएको छ । गुगल टिभी एपलाई मोबाइलबाट आफ्नो टिभीमा जोडेर मोबाइल एपका सबै सामग्रीहरू टिभीमा हेर्न सकिनेछ । 

- रिडिङ मोड 

अब एन्ड्रोइड डिभाइसमा सामग्रीहरू कस्टमाइज गरेर पढ्न सकिने भएको छ । अब प्रयोगकर्ताले डिस्प्लेमा फन्टको प्रकार, साइज तथा रङ आफ्नो हिसाबले परिवर्तन गर्न मिल्नेछ । साथै कुनै पनि टेक्स्टमा अडियोको रुपमा पनि सुन्न सकिनेछ । 

- युट्युबको नयाँ होम स्क्रिन 

अब युट्युबमा सिधैँ आफ्नै होम स्क्रिनबाट प्रयोग गर्न सकिने भएको छ । अब होमस्क्रिनमा युट्युबको विजेट पनि हुनेछ । यसले गर्दा प्रयोगकर्ताले सिधैँ होमस्क्रिनबाट नै आफूले चाहेको सामग्री सर्च गरेर हेर्न मिल्नेछ । 

- डिजिटल कार की शेयरिङ 

अब गुगल पिक्सेल फोन र आईफोनमा डिजिटल कार किहरू शेयर गर्न मिल्नेछ । प्रयोगकर्ताले आफ्नो डिजिटल वालेट एप प्रयोग गरेर डिजिटल कार की शेयर गर्न सक्नेछन् । 

- गुगल फोटोजमा नयाँ फेस्टिभ फोटो डिजाइन 

गुगल फोटोजनमा नयाँ 'फेस्टिभ फोटो' डिजाइन उपलब्ध हुने भएको छ । यो डिजाइनमा प्रयोगकर्ताले आफ्नो मोबाइलमा भएका फोटोहरू छनोट गरी नयाँ कोलाज तथा भिडिओहरू बनाउन सक्नेछन् । 

- नयाँ इमोजी 

अब जीबोर्डमा नयाँ इमोजीहरू पनि थप हुने बताइएको छ । यद्यपि कम्पनीले अहिले नै नयाँ इमोजी के के हुनेछ भन्ने विषयमा भने केही खुलाएको छैन । 

- वेयर ओएसका नयाँ फिचरहरू 

अब वेयर ओएसमा कन्ट्याक्ट, गुगल म्याप, वेदर लगायतका विभिन्न एपहरू सजिलै भेटाउन सकिने गरी शर्टकटहरू उपलब्ध हुनेछ । साथै वेयरओएसका लागि गुगल किप पनि अपडेट गरिएको छ । त्यस्तै आडिडासको रनिङ अब गुगल एसिस्टेन्ट भोइसबाट पनि प्रयोग गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०७९ १४:३३