close

सामाजिक सञ्जालमा यस्ता व्यक्तिहरूबाट रहनुहोस् सावधान

टेकपाना टेकपाना

मंसिर १८, २०७९ ९:४९

सामाजिक सञ्जालमा यस्ता व्यक्तिहरूबाट रहनुहोस् सावधान

काठमाडौं । विगत केही समयदेखि व्यक्ति/आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत विभिन्न प्रवृत्ति अपनाउँदै अनलाइनबाट ठगी गर्ने कार्य दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो अवस्थालाई मध्यनजर गर्दै पाइएको हुँदा यस्ता ठगिने प्रवृत्तिबाट सजग रहन साइबर ब्यूरोले अनुरोध गरिएको छ।

अनलाइनमा मात्रै चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनि प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न करको बहाना बनाई रकम माग गर्ने व्यक्तिहरूबाट सजग रहन ब्यूरोले अनुरोध गरेको छ । त्यस्तै तपाईँको नाममा अनलाइन चिट्ठा पर्‍यो, उक्त चिट्ठा प्राप्त गर्नको लागि कर तिर्नुपर्छ भनि रकम माग गर्नेबाट सजग रहनुपर्छ ।
सामाजिक सञ्जालको अकाउन्टमा आफ्नो पहुँच बनाई उक्त सामाजिक सञ्जाल प्रयोगकर्ताका नजिकका साथी पहिचान गरी विभिन्न बर बहानामा रकम माग गर्ने व्यक्तिहरूबाट पनि सजग रहनुपर्छ । साथै साथीभाइका सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनि ओटीपी माग गरी सम्बन्धित खातावालाको खाताबाट रकम निकाल्ने कामहरू हुने भएकोले जसले मागे पनि आफ्नो ओटीपी कोड नदिन आग्रह गरेको छ । 

अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र समान पठाउनु पहिले नै रकम असुल गरी सामान डेलिभरी नगर्ने तथा सामाजिक सञ्जाल मार्फत प्रेमजालमा पारी अनेकन बाहाना बनाई बैङ्कको खाता खोल्न लगाई एटीएम कार्ड, ओटीपी लगायतको विवरण लिने घटनाहरू पनि धेरै घटिरहेको अवस्थामा यस्तो प्रकारको व्यक्तिसँग पनि सजग हुनुपर्छ । सामाजिक सञ्जालमा विभिन्न प्लेटफर्ममा भिडिओ भाइरल गरिदिन्छु भनि रकम माग गर्ने व्यक्तिहरू पनि अहिले व्यापक छन् । यस्तो कुनै पनि प्रकारको नचिनेको व्यक्तिलाई विश्वास नगर्न ब्यूरोले आग्रह गरेको छ । 

यसको साथै देशमा प्रतिबन्ध रहेको क्रिप्टोकरेन्सी वा बिटक्वाइनमा लगानी गरे आर्थिक लाभ तुरुन्तै डबल हुन्छ भनि रकम माग गर्ने व्यक्तिहरूबाट पनि सजग रहन ब्यूरोले  अनुरोध गरेको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १८, २०७९ ९:४९