close

एपिकले सार्वजनिक गर्‍यो फोटोलाई थ्रिडीमा रूपान्तरण गर्ने एप

टेकपाना टेकपाना

मंसिर १८, २०७९ १०:५५

एपिकले सार्वजनिक गर्‍यो फोटोलाई थ्रिडीमा रूपान्तरण गर्ने एप

काठमाडौं । एपिक गेम्सले फोटोलाई थ्रिडीमा रूपान्तरण गर्ने एप ‘रियालिटीस्क्यान’ आईओएस भर्सनमा सार्वजनिक गरेको छ । यसअघि यो एप परीक्षणका लागि बेटा भर्सनमा केही प्रयोगकर्तामाझ मात्रै उपलब्ध रहेको थियो । प्रयोगकर्ताबाट आएको प्रतिक्रियाका आधारमा आवश्यक परिमार्जन गरी निःशुल्क रूपमा आईओएस प्रयोगकर्तालाई उपलब्ध गराएको हो ।

यो एप यसअघि एपिकले खरिद गरेको कम्पनी ‘क्याप्चरिङ रियालिटी’ कम्पनीले निर्माण गरेको हो । क्याप्चरिङ रियालिटी फोटो सफ्टवेयरमा काम गर्दै आएको कम्पनी हो । यसअघि यो कम्पनीले टुडी इमेजलाई स्क्यान गरी गेमका लागि आवश्यक थ्रिडी तयार पार्ने कम्प्युटर सफ्टवेयर निर्माण गरेको थियो । जसमार्फत गेम निर्माताहरूले कुनै पनि बस्तुलाई स्क्यान गरी त्यसलाई आफ्नो गेममा थ्रिडीका रूपमा प्रयोग गर्न सक्छन् ।

यस्तोमा कम्पनीले मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै ‘रियालिटीस्क्यान’ सार्वजनिक गरेको हो । यो एपले मोबाइलबाटै कुनै पनि बस्तुको फोटोलाई थ्रिडीमा रूपान्तरण गर्न मद्दत गर्नेछ । यसका लागि प्रयोगकर्ताले कुनै पनि बस्तुको सबै एङ्गलबाट कम्तिमा २० ओटा फोटो खिच्नुपर्ने जनाइएको छ ।

जब तपाईंले सबै तीरबाट फाटो खिच्दै जानुहुन्छ यो एपले नै तपाईंले थ्रिडीका लागि आवश्यक सम्पूर्ण डिटेल सहितको फोटो खिच्नु भएको छ वा छैन भनी जानकारी समेत दिनेछ । जसमा हरियो कलरले फोटो ठीक छ भन्ने जनाउँछ, पहेंलो कलरले  फोटोमा केही जानकारी छुट्यो भन्ने जनाउँछ भने रातो कलरले फोटो पुनः लिन पर्ने जनाउने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १८, २०७९ १३:१