close

ब्युटी पार्लर बेचेर फ्रिफायरमा रमाएकी ममता गुरुङ

टेकपाना टेकपाना

मंसिर १८, २०७९ १६:३१

ब्युटी पार्लर बेचेर फ्रिफायरमा रमाएकी ममता गुरुङ

काठमाडाैं । ममता गुरुङ पेशाले ब्युटिसियन थिइन् । काठमाडाैंकाे महारजगञ्जमा उनकाे ब्युटीपार्लर थियाे । पसलकाे कामसँगै समय निकालेर उनी फ्रिफायर खेल्थिन् ।  ब्याटल रोयल गेम फ्रिफायर खेल्दा उनी यसमै रमाउन थालिन् ।

ममतालाई गेमकाे बानी लागिसकेकाे थियाे । फ्रिफायरमा समय बढी दिन थालेपछि उनले आफूले राम्रैसँग चलाइरहेकाे पसल नै बेचिदिन् ।

गेममा उनी छद्मनाम ‘बेल्ला गेमिङ’ ले परिचित छिन् । यही नाम गरेकाे उनकाे युट्युब च्यानल पनि छ, जसमा दुई लाख बढी सब्सक्राइबर छन् ।

फ्रीफायर गेम खेल्नुअगाडि ममता ‘क्लास अफ क्लान’ खेल्थिन् । उनका भाइहरु भने फ्रीफायर खेल्न थालिसकेका थिए । याे गेमकाे बारेमा उनलाई थाहा थिएन । भाइहरुबाट नै उनी फ्रीफायरसँग परिचित भएकी हुन् ।

गेम खेल्नका लागि नै पसल बेचेकी उनी आफ्नो यो निर्णयमा कहिल्यै पछुतो मान्दिनन् । “पार्लर बेचेपछि युट्युबमा सक्रिय हुन थालेँ,” उनी भन्छिन्, “पछि गेमबाट राम्रै हुन थाल्याे । पार्लर बेचेकाेमा अहिले कुनै गुनासाे छैन ।”

नाम

धेरैले यस्ता गेमहरुमा आफ्नाे नाम गाेप्य राख्छन् । कुनै छद्मनामले परिचित हुन खाेज्छन् । उनले पनि गेमिङ नाम ‘आरजी बेल्ला’ राेखेकी छिन् ।

याे नाम उनकाे भाइले राखिदिएका थिए । यस नाममा ‘बेल्ला’ काे अर्थ सुन्दरी भएकाे उनी बताउँछिन् । ‘आरजी’ काे पुरा नाम ‘राेयल गाेर्खा’ हाे ।

राेयल गाेर्खा गिल्ड

याे उनकाे आफ्नाे गिल्ड हाे । गेमभित्र हुने प्रत्येक गिल्डमा ५० जना सदस्य हुन्छन् । यसमा उनीहरु गेमबाहेक पारिवारिक विषयमा पनि कुराकानी गर्छन् । गिल्डका ‘काे सदस्य कहाँ गयाे, कुन टुर्नामेन्टमा भाग लिन गयाे’ जस्ता कुराकानी गर्छन् ।

फ्रीफायर गेम सुरुवात भएकाे ६ महिनापछि गिल्ड बनाउन मिल्ने सुविधा आएको थियो । यही बेला उनी सहित अन्य ४ जना मिलेर याे गिल्ड बनाएका थिए । यस गिल्डकाे नाम गाेर्खालीकाे वीरतालाई जाेडेर राखेकाे उनी सुनाउँछिन् ।

“गिल्डकाे सुरुवात गर्दा खेलाडीहरु अब्बल थिए,” उनी भन्छिन्, “यसकारण छाेटाे समयमा नै प्रिफायर गेम खेल्ने समूदायमा याे नाम चर्चामा आयाे ।”

हाल उनी याे गिल्डकाे अभिवावक बनेकी छिन् । तर गिल्ड स्थापना गर्दाका तीन सदस्यहरुले व्यक्तिगत कारणले गेम छाडेका छन् ।

सुरुवाती दिन

उनले गेम खेल्न सुरु गर्नुमा कुनै खास कारण र उद्देश्य छैन । उनले रमाइलाे लागेर फ्रिफायर खेल्‍न सुरु गरेकी थिइन् । उनकाे खेल राम्राे बन्दै गइरहेकाे थियाे ।

तर पनि उनले गेमलाई करियर बनाउने साेचेका थिएनन् । श्रीमानले भने हाैसाइरहेका थिए । उनैले युट्युब च्यानल खाेलिदिएका थिए । त्यसमा भिडिओ हाल्न सहयाेग गर्नेमा भाइहरु थिए । विस्तारै उनले त्यस च्यानलमा गेमकाे लाइभ र रेकर्डेड भिडिओ अपलाेड गर्न थालिन् । 

मान्छेहरुले चिनाेस् भनेर मात्र युट्युबमा आएकाे उनी बताउँछिन् ।  “सुरुवाती दिनमा कसरी लाइभ गर्ने भन्ने कुरा थाह थिएन ।” उनी भन्छिन, “आजभाेली फाेनबाट गेम खेल्दै ल्यापटपबाट लाइभ गर्छु ।”

लाइभमा बाेल्नका लागि गर्ल गेमर, टुबी गेमर, अभिषेक वाइवी आदि गेमरका लाइभ हेरेर आफूले सिकेकाे उनी बताउँछिन् । .”बाेल्न सुरुमा लाज लाग्थ्याे । पछि उहाँहरुकाे हेरेर धेरै सिकेँ ।” उनी भन्छिन् ।

'श्रीमानलाई गेम खेल्न सिकाएँ'

विवाहित महिला । त्यही माथि स्ट्रिमर । याे धेरैका लागि कल्पना बाहिरकाे कुरा हुन सक्छ । तर ममताका लागि यसले कहिल्यै समस्या ल्याएन । “हाम्राे त पुरै परिवार गेमिङमा छ,” उनी भन्छिन्, “श्रीमान्ले नै मलाई युट्युब च्यानल खाेल भनेर सल्लाह दिनुभएकाे थियाे ।”

उनकाे गेमिङ करियरका लागि परिवार निकै नै सहयाेगी बनेकाे छ । र्याङ्कका लागि गेम खेल्दा भाइहरुले सहयाेग गर्ने गरेकाे उनी बताउँछिन् । त्यस्तै गेम लगातार खेल्नुपर्दा परिवारका अन्य सदस्यले खाना पकाउने कुरामा साथ दिने गरेकाे उनी सुनाउँछिन् ।

गेमिङमा परिवारकाे साथ-सहयाेग प्राप्त भयाे भने धेरै प्रगति गर्न सकिने उनकाे अनुभव छ । गेममा बढी नै लगाव भएकाे उनी आजीवन खेल्‍ने बताउँछिन् । ठट्टा गर्दै उनी भन्छिन्, “श्रीमानलाई पनि गेम खेल्न सिकाएँ । म त छाेराछाेरीलाई पनि गेम खेलाउँछु ।”

खर्च र स्वास्थ्य

उनले आफ्नाे गेमको अकाउन्टमा धेरै पैसा खर्च गरेकी छिन् । तर नयाँ खेलाडीहरुलाई गेममा खर्च गर्न आवश्यक नभएकाे उनी बताउँछिन् ।

“गेममा नै विभिन्न इभेन्टहरु आउँछ । जहाँबाट हामीले बन्डल, गनहरुकाे स्किनहरु पाइन्छ ।” उनी भन्छिन्, “बच्चाहरु अरुहरुले टपअप गरेकाे देखेर घरमा झगडा गर्न सक्छन् । यस्ताे हुँदा गेममा खर्च नगरेकाे नै उत्तम हाे ।”

गेममा धेरै सक्रिय हुँदा उनी दिनमा लगातार १०/११ घण्टा  खेल्थे । त्यसाे हुँदा शरीरमा धेरै असर हुने उनकाे अनुभव छ । “गेम खेल्दा स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ । गेम खेले पनि निश्चित समयसम्म मात्र खेल्नुपर्छ ।”

गेमिङ करियर

सुरुमा नै गेमलाई करियरकाे रुपमा हेर्न नहुने उनकाे तर्क छ । “काेसिस गर्दा राम्राे भयाे भने बल्ल करियरकाे रुपमा  गेमलाई लिनुपर्छ । गेमसँगै पढाइ र कामलाई अगाडि बढाउनुपर्छ,” उनी भन्छिन्, “यसाे गर्दा गेमिङले कतै असर गर्दैन ।” यदि कसैले गेमलाई नै करियर बनाउने उद्देश्य राखेका छ्न् भने यसमा नै निरन्तरता दिनुपर्ने उनकाे सुझाव छ । “कहिले खेल्ने, कहिले नखेल्ने गर्नु हुँदैन ।” उनी थप्छिन्, “नियमित गेम खेल्दा आफ्नाे क्षमता पनि वृद्धि हुन्छ ।” 

नेपालमा ई-स्पाेर्टस्

नेपालमा फस्टाइरहेकाे क्षेत्रमा ई-स्पाेर्टस् पनि पर्छ । धेरै खेलाडीले यसबाट राम्रै आम्दानी गरिरहेका छ्न । देशकाे प्रतिनिधित्व गर्दै विदेशतिर पनि खेल्न जाने प्रवृत्ति बढेकाे छ । तर सरकारकाे नजरमा ई-स्पाेर्टस् अझै परिसकेकाे छैन। यस कुरालाई सरकारले आफ्नाे प्राथमिकतामा राखे धेरै खेलाडीहरुले फाइदा लिनसक्ने ममताकाे धारणा छ ।

“ई-स्पाेर्टसलाई सरकार, मिडियाबाट सहयाेग आयाे भने खेलाडीहरुलाई हाैसाला मिल्छ,” उनी भन्छिन्, “यस्ता गेममा करियर बनाउँछु भन्नेहरुलाई सहयाेग हुन्छ । उनीहरुले राम्राे गर्न सक्छन् ।” यस्ता गेमहरु नेपालमा बन्न नसकेकाेमा भने उनी चिन्तित छन् । “नेपालमा नै बने त गेममा खर्च गरेकाे पैसा यही रहन्थ्याे । हाल विदेशमा बनेका गेमहरुमा डाइमन्ड टपअप, यूएससी टपमा गरेका खर्चहरु सबै बाहिर गइरहेका छन्,” उनी भन्छिन् ।

गेममा बालबालिका र किशाेरी

यस्ता गेममा धेरैले छद्मभेषमा अरुलाई फसाइरहेका हुन्छन् ।  “कतिपय विवाह गरेका केटाले अविवाहित छु भनेर धेरै युवतीलाई फसाइरहेका हुन्छन् । यस्ता कुराबाट बच्‍न आफू सचेत हुनुपर्छ । गर्ल्स स्क्वाडमा मात्र खेल्ने, गेममा भेटेका जाेकाेहिलाई विश्वास नगर्ने, उनीहरुलाई व्यक्तिगत कुराहरु शेयर नगर्ने जस्ता कामहरु गर्न सकिन्छ,” उनी भन्छिन् । नेपालमा पनि यस्ता गेम धेरै बालबालिकाले खेल्छन् । बालबालिकालाई अभिभावकले गेममा सहयाेग गरे भविष्यमा याे क्षेत्रमा करियर बनाउन सक्ने उनकाे भनाइ छ ।

गेमबाट कमाइ

गेममा सक्रिय भयाे भने कमाइ राम्राे नै हुने बताउँछिन् । हाल आफू विदेशकाे तयारीमा व्यस्त भएकाले गेमकाे कमाइ पहिलेकाे तुलनामा कम भएकाे उनी सुनाउँछिन् । गेमिङमा युट्युब, प्रायोजन, टुर्नामेन्ट आदिबाट कमाइ गर्न सकिन्छ ।

युट्युबमा कमाइकाे दर बढाउनका लागि नियमित रुपमा भिडिओ हाल्नुपर्ने उनकाे अनुभव छ । “सकेसम्म दैनिक हाल्नुपर्छ । यसाे गर्न नसके दुई चार तीनकाे फरकमा हाल्नुपर्छ ।”

युट्युबमा भिडिओ हाल्नका लागि उनलाई भाइहरुले मद्दत गर्छन् । 

पछिल्लो अध्यावधिक: मंसिर १८, २०७९ १८:३०