close

ई-लाइब्रेरी सञ्चालनका लागि सामुदायिक विद्यालयमा सामग्री वितरण

टेकपाना टेकपाना

मंसिर १९, २०७९ ८:११

ई-लाइब्रेरी सञ्चालनका लागि सामुदायिक विद्यालयमा सामग्री वितरण

काठमाडौं । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि इलामको सूर्योदय नगरपालिकाले नगरका ३१ वटा विद्यालयलाई ल्याब सामग्री वितरण गरेको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाले नगर क्षेत्रका आधारभूत विद्यालयलाई प्रविधिमैत्री विद्यालय निर्माण गर्न कम्प्युटर, प्रिन्टर र यूपीएस गरी १९ लाख ५० हजार रुपैयाँ बराबरका सामग्री वितरण गरेको हो । 

नगरले ससर्त अनुदान अन्तर्गतको बजेटमार्फत आईसीटी तथा ई–लाइब्रेरी सञ्चालनका लागि नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा प्रविधियुक्त सामग्री वितरण गरिरहेको छ । नगरका ६६ वटै सामुदायिक विद्यालयमा प्रविधि हस्तान्तरण गरिएको छ । 

नगरपालिकाले अबको एक महिनाभित्रमा सबै सामुदायिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्‍याउने तयारी गरिरहेको जनाएको छ । 

-गोरखापत्रबाट 

पछिल्लो अध्यावधिक: मंसिर १९, २०७९ ८:११