close

स्मार्टफोनमा तीन ओटा फ्रिङ्गरप्रिन्ट प्रयोग गर्न सकिने फिचर ल्याउँदै सामसङ

टेकपाना टेकपाना

मंसिर १९, २०७९ ११:४९

स्मार्टफोनमा तीन ओटा फ्रिङ्गरप्रिन्ट प्रयोग गर्न सकिने फिचर ल्याउँदै सामसङ

काठमाडौं । सामसङले फिङ्गरप्रिन्टलाई थप सुरक्षित बनाउने भएको छ । हाल उपलब्ध प्रविधिकाे तुलनामा अढाई अर्ब गुणा बढी सुरक्षित बनाउने गरी कम्पनीले काम अघि बढाएको हो ।

सन् २०२५ सम्म परियोजना सम्पन्न गर्ने गरी कम्पनीले काम गरिरहेको जनाइएको छ । नयाँ प्रविधिअन्तर्गत पूरै ओएलईडी डिस्प्ले नै फिङ्गरप्रिन्ट सेन्सरको रुपमा काम गर्नेछ, जसले एकै पटक तीन ओटा फिङ्गरप्रिन्ट सपोर्ट गर्नेछ ।

हाल हामीले प्रयोग गर्ने फिङ्गरप्रिन्ट स्क्यानरले एक पटकमा एउटा मात्रै फिङ्गर (औंला)लाई सपोर्ट गर्छ । यसका साथै यो प्रविधिले फिङ्गरप्रिन्टका लागि कुनै एक ठाउँमै फिङ्गर राख्नुपर्ने बाध्यताको अन्त्य समेत गर्ने जनाइएको छ ।

यसअघि कम्पनीले सबै डिभाइसका लागि काम गर्ने खालको फिङ्गरप्रिन्टमा समेत काम गरिरहेको हल्ला बाहिरिएकाे थियो, जुन ओएलईडी २.० मा आधारित हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०७९ ११:४९