close

अब काठमाडौं महानगरका सबै कर खल्तीमार्फत तिर्न सकिने

टेकपाना टेकपाना

मंसिर १९, २०७९ १४:२९

अब काठमाडौं महानगरका सबै कर खल्तीमार्फत तिर्न सकिने

काठमाडौं । अब काठमाडौं महानगरपालिकाको सम्पूर्ण राजश्व खल्ती डिजिटल वालेटबाट तिर्न सकिने भएको छ । खल्तीले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरी आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनका लागि कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ ।

यो सुविधा उपलब्ध भएलगत्तै करदाताले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै; घर बहाल कर, सम्पति कर व्यवसायको कर अब खल्ती मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । यसअघि यो सेवा करदाता पोर्टलमा लगइन गरी मात्र उपलब्ध थियो भने अब खल्तीको एपबाट सिधै भुक्तानी गर्न सकिनेछ ।

सेवाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो । यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौं । काठमाडौं महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ।” 

महानगरको कर खल्तीबाट तिर्न यसो गर्नुहोस्:

- खल्ती एपको होम स्क्रिनमा गई “लोकल गभर्मेन्ट” मा जानुहोस्

- “काठमाडौं महानगरपालिका” छनौट गरि कर भुक्तानीकर्ता आईडी राख्नुहोस् 

- कर भुक्तानी प्रकार छनाेट गर्नुहोस्ः

● घर बहाल कर

● सम्पत्ति कर

● व्यवसाय कर

- विवरणहरू प्रमाणित गर्नुहोस् र भुक्तानी गर्नुहोस् ।

- भुक्तानी विकल्प खल्ती वालेट वा लिङ्क गरिएको बैंक खाता चयन गर्नुहोस् ।

- भुक्तानी गरेको बिल खल्तीको कारोबार सेक्सन् (ट्रान्ज्याक्सन हिस्ट्री) मा प्राप्त गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०७९ १४:२९