close

बाल मन्दिरमा भायानेटको फुटबल उत्सव, विश्वकप हेर्न बालबालिकालाई ‘वर्ल्डकप कुपन’

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १३:४

बाल मन्दिरमा भायानेटको फुटबल उत्सव, विश्वकप हेर्न बालबालिकालाई ‘वर्ल्डकप कुपन’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले बालअधिकार र बालहेरचाहको क्षेत्रमा अग्रणी संस्था बाल मन्दिरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को कार्यक्रम आयोजना गरेको छ । कम्पनीले जारी फिफा विश्वकप २०२२ को अवसरमा बाल मन्दिरका बालबालिकामाझ फुटबल उत्सव आयोजना गरेको हो ।

कार्यक्रममा बाल मन्दिरका बालबालिकाहरू र कार्यक्रमका लागि आएका अतिथिहरू सम्मिलित टिमहरू बीच फुटबल खेलाइएको थियो । कम्पनीले सो अवसरमा सबै बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले स्टेसनरी तथा शैक्षिक सामग्री पनि हस्तान्तरण गरेको थियो ।

बाल मन्दिरले हाल देशभरका सात ओटा शाखाबाट कम्तीमा २६३ बालबालिकालाई आवासीय हेरचाहको सेवा प्रदान गर्दै आएको छ। सिफलमा रहेको बाल मन्दिर शाखालाई नि:शुल्क इन्टरनेट र टिभी सेवा उपलब्ध गराएको भायानेटले थप सहयोग दिने घोषणा समेत गरेको छ ।

साथै कम्पनीले बालबालिकालाई विश्वकप फुटबल हेर्न सहज गराउने उद्देश्यले ‘वर्ल्ड कप कुपन’ पनि उपलब्ध गराउने भएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १३:१०