close

विदेशबाट नेपालमा आईपीओ भर्न चाहनुहुन्छ ? सनराइज बैंकमार्फत यसरी लिनुहोस् सी-आस्बा नम्बर

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १७:४४

विदेशबाट नेपालमा आईपीओ भर्न चाहनुहुन्छ ? सनराइज बैंकमार्फत यसरी लिनुहोस् सी-आस्बा नम्बर

काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ भर्न सकिने नियम अनुसार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सम्बन्धित सबैलाई सी-आस्बा नम्बर लिन अनुरोध गरेको छ ।

सोही अनुरुप सनराइज बैंकले एक सूचना जारी गर्दै विदेशमा बसेर काम गरिरहेका नेपालीलाई बैंकमा सम्पर्क गरी आफ्नो सी-आस्बा रजिस्ट्र्रेसन नम्बर लिन आग्रह गरेको छ । नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरेहका व्यक्तिले सनराइज बैंकमा रहेकाे आफ्नो बैंक खाता सनराइज रेमिट बचत खातामार्फत सी-आस्बा रजिस्ट्रेसन नम्बर लिन सक्नेछन् ।

यदि रेमिट बचत खाता नभएमा वा अन्य स्किममा यही बैंकमा भएका खातालाई श्रम स्वीकृति र विदेशमा भएको प्रमाणसहित खाता भएको शाखामा निवेदन दिई सनराइज रेमिट बचत खातामा परिवर्तन गर्न सकिनेछ ।

बैंकको वेबसाइटमा गई खातावालाले सी-आस्बा रजिष्ट्रेशन फारम भरी नेपाल सरकारको श्रम स्वीकृति र विदेशमा रोजगार गरिरहेको प्रमाणसहित ईमेलमार्फत वा सम्बन्धित देशको कुनै पनि बैंक प्रतिनिधिको खातामार्फत शाखामा आवेदन पठाउन सकिने छ ।

साथै आफ्नो रेमिट बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ विदेशबाट आफैले पठाएको हुनुपर्ने र उक्त जानकारी खातामा पैसा जम्मा गर्दा खुलेको हुनुपर्ने पनि बैंकले जनाएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १३:२९