close

जीवी अनलाइन हेल्थलाई 'विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड'

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १९:३४

जीवी अनलाइन हेल्थलाई 'विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड'

काठमाडौं । जीवी अनलाइन हेल्थ केयर ‘विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२’ बाट सम्मानित भएको छ ।

नेपालमा पहिलोपटक आयोजना भएको याे डिजिटल हेल्थ कन्फेरेन्समा यो अवार्ड जीवी अनलाइन हेल्थ केयरलाई प्रदान गरिएकाे हाे ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई-हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सह-आयोजनामा याे कार्यक्रम गरिएकाे थियाे ।

अवार्डसँगै जीवी अनलाइन हेल्थले ५० हजार राशि नगद पाएकाे छ । यस कम्पनीले स्वास्थ्य, सौन्दर्य र बालबालिकाका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।

कन्फेरेन्समा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा छलफल भएको थियो । यसअन्तर्गत नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्वीजरल्याण्ड, जापान, दुबईलगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ता तथा नेपालका स्वास्थ्य विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०७९ १९:३४