close

सरकारले हटायो ३०० अमेरिकी डलरभन्दा महँगा मोबाइल आयातमा लागेको प्रतिबन्ध

टेकपाना टेकपाना

मंसिर २०, २०७९ २०:१८

सरकारले हटायो ३०० अमेरिकी डलरभन्दा महँगा मोबाइल आयातमा लागेको प्रतिबन्ध

काठमाडौं । अन्ततः सरकारले ३०० अमेरिकी डलरभन्दा महँगा मोबाइल फोन आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूका अनुसार मङ्गलबारको मन्त्रिपरिषद्‌ले पुसदेखि लागू हुने गरी सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा लागेको प्रतिबन्ध फुकाएको हो । 

मुख्य सचिवको संयोजकत्वमा गठित एक समितिले निश्चित वस्तु आयातमा लागेको प्रतिबन्ध खुला गर्न सिफारिस गरेको थियो । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाखदेखि विभिन्न वस्तुको आयातमा रोक लगाएको थियो ।

वैशाख १३ गते ६०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा लगाएको प्रतिबन्धको सीमा विस्तार गर्दै सरकारले साउन १ देखि ३०० अमेरिकी डलर माथिका मोबाइल आयातमा रोक लगाएको थियो । सरकारको उक्त प्रतिबन्धको असर सबैभन्दा धेरै आईफोन र वनप्लस ब्रान्डमाथि परेको थियो । 

पछिल्लो अध्यावधिक: मंसिर २०, २०७९ २०:१८