close

हेलो सरकार सञ्चालन हुने कक्षमा अब संसदीय दलको कार्यालय

टेकपाना टेकपाना

मंसिर २१, २०७९ ८:१३

हेलो सरकार सञ्चालन हुने कक्षमा अब संसदीय दलको कार्यालय

काठमाडौं । सङ्घीय संसद सचिवालयले प्रतिनिधि सभामा थप भएका नयाँ राष्ट्रिय दल र अन्य दलसमेतका लागि सिंहदरबार परिसरमा रहेको 'हेलो सरकार' कक्षमा संसदीय दलको कार्यालय निर्माण गर्ने भएको छ । सचिवालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहिलो तला माग गरे पनि मन्त्रालयहरूले संसदलाई दिन अस्वीकार गरेपछि हेलो सरकार सञ्चालन हुने कक्षमा दलको कार्यालय व्यवस्थापन गर्न लागिएको हो । 

हेलो सरकार सञ्चालन हुने कक्ष उपयोग गर्न सिंहदरबार पुनर्निर्माण समितिले अनुमति दिइसकेको छ । हेलो सरकारको कक्ष भने प्रधानमन्त्रीको कार्यालयमा सर्ने बताइएको छ । प्रतिनिधि तथा प्रदेश सभाको चुनावपछि राष्ट्रिय दलको संख्या बढे पछि स्थानको व्यवस्थापन गर्नुपरेको हो । 

यसका लागि हेलो सरकारको कक्ष प्रयोग गर्न लागिएको हो । नेपाल सरकारले जनगुनासो सुन्नको लागि सञ्चालनमा ल्याएको हेलो सरकारको सामाजिक सञ्जाल भने लामो समयदेखि निष्कृय छ । 

-गोरखापत्रबाट 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ ८:२३