close

फोर्डको २,००० विद्युतीय डेलिभरी भ्यान खरिद गर्दै डीएचएल

टेकपाना टेकपाना

मंसिर २१, २०७९ ९:४०

फोर्डको २,००० विद्युतीय डेलिभरी भ्यान खरिद गर्दै डीएचएल

काठमाडौं । कुरियर सेवा प्रदायक कम्पनी डीएचएलले फोर्डको दुई हजार थान ई-ट्रान्जिट विद्युतीय डेलिभरी भ्यान खरिद गर्ने भएको छ । यो अर्डरले फोर्डको सन् २०३० सम्ममा आफ्नो कुल उत्पादनको ६० प्रतिशत विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्यलाई टेवा दिएको छ ।  

कम्पनीले एक सूचना जारी गर्दै सन् २०२३ को अन्त्यसम्ममा डीएचएललाई दुई हजार थान ई-ट्रान्जिट विद्युतीय भ्यान उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको हो । डीएचलले पनि सन् २०३० सम्ममा आफ्नो डेलिभरी भ्यानहरू सबै विद्युतीय बनाउने योजना बनाएको छ । यसका लागि कम्पनीले सात अर्ब युरो (९ खर्ब ७१ अर्ब रुपैयाँ भन्दा बढि) लागत छुट्टाएको छ । यही योजना अन्तर्गत कम्पनीले कार निर्माता कम्पनी फोर्डको विद्युतीय डेलिभरी भ्यान खरिद गर्न लागेको हो । 

फोर्डका अनुसार डीएचएलको अर्डर मध्ये केही थान भ्यान डेलिभरी भइसकेको छ । डीएचएलले यी भ्यानहरू युरोप र अमेरिकामा डेलिभरीका लागि प्रयोग गर्ने जनाएको छ । हाल डीएचएलसँग कुल २७ हजार विद्युतीय डेलिभरी भ्यानहरू उपलब्ध छन् । यसर्थ यो अर्डर डीएचएलको लागि भन्दा पनि फोर्डको लक्ष्य पुरा गर्नको लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । 

यसका साथै यी दुई कम्पनीले विद्युतीय सवारी चार्जिङका समस्याहरू समाधान गर्नको लागि पनि सहकार्य गर्ने बताइएको छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ ९:४०