close

डेस्कटपको सर्च इन्जिनबाट गुगलले हटायो पेज परिवर्तन गर्नुपर्ने वाध्यता

टेकपाना टेकपाना

मंसिर २१, २०७९ ११:३७

डेस्कटपको सर्च इन्जिनबाट गुगलले हटायो पेज परिवर्तन गर्नुपर्ने वाध्यता

काठमाडौं । अब डेस्कटपमा गुगल सर्च इन्जिन प्रयोग गर्दा थप रिजल्ट हेर्नको लागि पेज परिवर्तन गर्न नपर्ने भएको छ । गुगलको सर्च इन्जिनलाई थप सहज बनाउँदै कम्पनिले यो नयाँ फिचर उपलब्ध गराएको हो । यसअघि मोबाइल भर्सनमा उपलब्ध हुँदै आएको यो फिचर अब कम्पनिले डेक्सटप भर्सनमा समेत उपलब्ध गराएको हो ।

हाल डेस्कटपबाट गुगलमा कुनै पनि जानकारी सर्च गर्दा थप रिजल्ट हेर्नका लागि स्क्रिनको अन्त्यमा गइ त्यहाँ भएको १,२,३,४ लगायतको पेज नम्बरमा क्लिक गर्नुपर्ने हुन्छ । तर अब भने स्क्रिनको अन्त्यमा गएर अर्को पेजमा जानुपर्ने छैन ।

 

Starting today, we’re bringing continuous scrolling to desktop in English in the U.S. so you can continue to see more search results easily. When you reach the bottom of a search results page, you'll now be able to see up to six pages of results. pic.twitter.com/xIuVP24FFm

— Google (@Google) December 5, 2022

प्रयोगकर्ताले मोबाइलमा जस्तै स्क्रिनमा स्क्रोल गर्दै जादाँ थप विवरणहरू आउनेछन् । यो फिचरले पेज परिवर्तन गरिरहनुपर्ने झन्झट भने हटाएको छ । स्मार्टफोनका लागि यो फिचर गुगलले गत वर्ष अक्टोबरमा ल्याएको थियो । अब गुगलमा केही कुरा सर्च गर्दा करिब छ पेजको रिजल्ट एउटै पेजमा देखिनेछ ।

कम्पनीका अनुसार डेस्कटपका लागि यो फिचर अहिले अमेरिकामा मात्र उपलब्ध छ । अन्य क्षेत्रका लागि यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने बारे कम्पनीले कुनै जानकारी दिएको छैन । हाल अङ्ग्रेजी भाषाका लागि मात्र स्क्रोल पेज फिचर ल्याएको कम्पनीले विस्तारै अन्य भाषाको रिजल्ट पनि स्क्रोल पेजमा देखाउने जनाएको छ । ​

गुगलको यो फिचरले सामाजिक सञ्जाल प्रयोग गरेको आभास दिने विज्ञहरू बताउँछन् । कुनै जानकारी खोजेपछि हरेक पटक थप जानकारीका लागि नयाँ पेजमा जानुपर्ने झन्झट टर्ने प्रयोगकर्ताको विश्वास छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ ११:४९