close

पुरस्कार परेको भन्दै फोन वा एसएमएस आयो ? नझुक्किन एनसेलको आग्रह

टेकपाना टेकपाना

मंसिर २१, २०७९ १३:१४

पुरस्कार परेको भन्दै फोन वा एसएमएस आयो ? नझुक्किन एनसेलको आग्रह

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल आजियाटाले आफ्ना ग्राहकलाई पुरस्कार परेको भन्दै एनसेलको नामबाट आएका कुनै पनि फोन वा एसएमएसमा विश्वास नगर्न आग्रह गरेको छ ।

पछिल्लो समयमा एनसेलको नाममा पुरस्कार परेको भन्दै फोन तथा एसएमएस पठाएर प्रयोगकर्तालाई ठगी गर्ने घटना बढिरहेको भन्दै यस्ता घटनाबाट आफ्ना प्रयोगकर्तालाई सचेत गराउन कम्पनीले मेसेज पठाउन सुरु गरेको छ ।

कम्पनीले मेसेजमार्फत पुरस्कारको नाममा आएका कुनै पनि फोन वा एसएमएसको विश्वास नगर्नका साथै त्यस्ता प्रलोभनबाट बच्न र सचेत रहन पनि कम्पनीले अनुरोध गरेको छ । 

"ठूलो धनराशिको पुरस्कार परेको भन्दै फोन वा एसएमएसबाट ठगी गरेको पाइएकाले, प्रलोभनमा नपर्न र सचेत रहन सूचित गरिन्छ," एनसेलको मेसेजमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ १०:१