close

बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा ट्रान्सफर भयो ३० अर्ब बढी रुपैयाँ !

टेकपाना टेकपाना

मंसिर २१, २०७९ १४:४३

बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा ट्रान्सफर भयो ३० अर्ब बढी रुपैयाँ !

काठमाडौं । एउटा वयस्क मानिसलाई दैनिक औसत सात घण्टाको निन्द्रा आवश्यक पर्छ । रक्सी पिएको मानिस जस्तो थकित हुन्छ, निन्द्रा नपुगेको मान्छे पनि त्यस्तै थकित हुन्छ । ​निन्द्रा नपुगेकै कारण सन् २०१३ मा जर्मनीमा एउटा ठूलो घटना भएको थियो ।

भएको के थियो भने, जर्मन बैंकका एक कर्मचारी काम गर्दा गर्दै कम्प्युटरको कीबोर्डमा निदाएछन् । त्यसपछि उनको टाउकोले कीबोर्डको अङ्क दबेर बैंकबाट २२२ करोड २२ लाख बढी युरो ट्रान्सफर भयो ।

बैंकले एक अवकाश प्राप्त व्यक्तिलाई ६२.४० युरो (करिब आठ हजार ६३८ रुपैयाँ) ट्रान्सफर गर्नुपर्ने थियो । तर, बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा उनको टाउकोले २ अङ्क यति धेरै पटक टाइप भयो कि, ६२ युरो पठाउनुपर्नेमा २२ करोड २२ लाख २२ हजार २२२ युरो २२ सेन्ट ट्रान्सफल भयाे । जसलाई नेपाली रुपैयाँमा परिणत गर्दा ३० अर्ब ६६ करोड बढी रुपैयाँ हुन आउँछ ।

त्यसलगतै बैंकले उक्त गल्ती पत्ता लगायो । पैसा ट्रान्सफर गर्ने कर्मचारी बर्खास्तमा परे । उक्त मुद्दा अदालतमा पुगेपछि कर्मचारीलाई पुनः काममा बहाल गर्न आदेश दिइयो । 

यो एक प्रतिनिधिमूलक घटना हो । केही अनुसन्धानलाई आधार मान्ने हो भने अहिले विभिन्न बहानामा निन्द्रा नपुर्‍याउने प्रवृत्ति बढिरहेको छ, जसकारण मानिसहरुले ध्यानपूर्वक आफ्नो नियमित काम गर्न सकिरहेका छैनन् ।

अझ विश्वकप फुटबलको समय चलिरहेको बेला प्रायः किशोर-युवा उमेरका मानिसहरुको निन्द्रामा असर पुगिरहेको छ । यसले उनीहरुको पढाइ र काममा बाधा पुगेको अड्कल गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ ११:५०