close

नेपाल टेलिकमको ब्रान्ड एम्बास्डरमा पारस खड्का र प्रियंका रानी जोशी

टेकपाना टेकपाना

मंसिर २१, २०७९ १९:८

नेपाल टेलिकमको ब्रान्ड एम्बास्डरमा पारस खड्का र प्रियंका रानी जोशी

काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको ब्रान्ड एम्बास्डरमा  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशी नियुक्त भएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा कम्पनी र दुवै नवनियुक्त ब्रान्ड एम्बास्डरबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सो अवसरमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले खड्का र जोशीसँग भविष्यमा थप व्यावसायिक सहकार्य गर्न सकिने भनाइ राखे ।

ब्राण्ड एम्बास्डरमध्ये पारस खड्कासँग २०७९ पुस १ गतेदेखि एक वर्षको लागि र प्रियंका रानी जोशीसँग अर्को मिस नेपाल छनाेट हुने अवधिसम्मका लागि सम्झौता गरिएकाे हाे ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १९:८