close

के आईफोनमा साच्चिकै क्याश हटाउन आवश्यक छ ?

टेकपाना टेकपाना

मंसिर २१, २०७९ २२:०

के आईफोनमा साच्चिकै क्याश हटाउन आवश्यक छ ?

काठमाडौं । तपाईँको आईफोनले दैनिक रूपमा विभिन्न काममा तपाईँलाई सघाएको हुन्छ । आजभोलि त धेरैजसो काम फोनबाटै हुने गर्छन् । यसले गर्दा फोनलाई पनि कामको भारी हुन्छ । त्यसैले फोनको  ख्याल राख्न एकदम जरुरी छ ।

समय-समयमा फोन सफा गर्ने लगायतका काम त हामी गरिरहेकै हुन्छौं । दैनिक फोनको स्क्रिन सफा गर्ने, फोनको भौतिक पाटपुर्जा सफा गर्ने काम गरिरहन्छौँ । तर, कहिल्यै फोनको आन्तरिक सिस्टम सफा गर्नुभएको छ ? आन्तरिक सिस्टम सफा गर्नु भनेको नै क्याश (cache) फाइल हटाउनु हो ।

आईफोनमा क्रोम, सफारी वा अन्य कुनै ब्राउजरबाट ब्राउजिङ गरिरहँदा त्यसले विभिन्न कुरा पछिसम्म काम लाग्नका लागि भण्डारण गर्छ, जसलाई क्याश भनिन्छ । यस्ता क्याश फाइलले गर्दा पछि सोही वेबसाइट खोल्दा छिटो खुल्ने र हामीले खोजेको कुरा छिट्टै भेटिने हुन्छ । 

कतिपय अवस्थामा इन्टरनेट नचल्दा पनि त्यही क्याश फाइलले उक्त वेबसाइट खोल्न सघाउँछ । ब्राउजरमा भएका क्याश हटाउँदा त्यसले ब्राउजरलाई नयाँ स्वरूप दिन्छ । तर सोही क्याशले हटाएन भने डिभाइसको अनावश्यक स्टोरेज खपत हुन्छ । स्टोरेज कम हुँदा डिभाइस स्लो हुन्छ ।

त्यस्तै हामीलाई सधैं क्याश आवश्यक पर्छ भन्ने हुँदैन । अहिले अधिकांश ठाउँमा राम्रो इन्टरनेट स्पिड हुन्छ । त्यसैले क्याशको भर परिरहन पर्दैन ।

त्यसैले पनि महिना-महिनामा क्याश फाइल हटाउनुपर्ने हुन्छ । याद गर्नुहोस्, क्याश फाइल हटाएको खण्डमा तपाईंको अकाउन्ट विभिन्न वेबसाइटबाट लग-आउट हुन्छ ।

सफारीमा आईफोन क्याश यसरी हटाउनुहोस्

आईफोनमा सफारी एक डिफल्ट ब्राउजर हो, जसमा सजिलै क्याश फाइल हटाउन सकिन्छ ।

आईओएस ११ पछिका डिभाइसमा क्याश फाइल हटाउँदा तपाईं आईक्लाउड अकाउन्टबाट साइन आउट हुनुहुन्छ, जसले गर्दा तपाईंले पछि पुनः साइन इन गर्नुपर्ने हुन्छ । क्याश फाइल क्लियर गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

-आईफोनमा सबैभन्दा पहिले सेटिङ एपमा जानुहोस् ।

-त्यसपछि त्यहाँ लिस्टमा रहेको सफारीमा क्लिक गर्नुहोस् ।

-अनि एड्भान्समा गएर वेबसाइट डेटामा ट्याप गर्नुहोस् ।

-यति गरेपछि स्क्रोल गर्दै तल गएपछि रिमुभ अल वेबसाइट डेटा भन्ने अप्सन छान्नुहोस् ।

-र, अन्त्यमा रिमुभ नाउ (Remove Now) मा ट्याप गर्नुभयो भने तपाईं सफारीमा भएका क्याश फाइल हटाउन सक्षम हुनुहुन्छ ।

 

आईफोनका लागि क्रोम पनि निकै परिचित ब्राउजर हो । यसमा क्याश फाइल हटाउने प्रक्रिया सफारीभन्दा केही लामो रहेको छ । क्रोममा रहेको क्याश फाइल यसरी हटाउनुहोस्:

-सबैभन्दा पहिले क्रोम एप खोल्नुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

-स्क्रोल गर्दै तल गएर सेटिङ अप्सनमा ट्याप गर्नुहोस् ।

-अब प्राइभेसीमा ट्याप गर्नुहोस् ।

-अनि क्लियर ब्राउजिङ डेटाको अप्सनमा जानुहोस् ।

-त्यहाँ तपाईँले कहिलेसम्मको डेटा हटाउने भन्ने डेट छान्न सक्नुहुन्छ ।

-तर, याद गर्नुहोस् त्यसपछि कुकिज, साइट डेटा, क्यास्ड इमेज एण्ड फाइलजस्ता अप्सन छानिएको हुनुपर्छ ।

-त्यसपछि क्लियर ब्राउजिङ डेटामा ट्याप गरी सबै क्याश डेटा हटाउन सकिन्छ ।

आईफोनबाट फायरफक्सको क्याश यसरी हटाउनुहोस्

अन्य ब्राउजर जस्तै फायरफक्समा पनि सजिलै क्याश फाइल हटाउन सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले फायरफक्स एप खोल्नुहोस् । अनि तल दायाँपट्टि रहेको मेन्यु बारमा ट्याप गर्नुहोस् ।

-त्यसपछि सेटिङको अप्सन छान्नुहोस् ।

-अनि प्राइभेसी सेक्सनमा रहेको डेटा मेनेजमेन्ट अप्सन छान्नुहोस् ।

-यति गरेपछि वेबसाइट डेटा छान्नुहोस् ।

-र, अन्त्यमा क्लियर डेटा फ्रम अल सेलेक्टेड फिल्ड्स छान्नुहोस् । यसरी फायरफक्समा भएका क्याश फाइल हटाउन सकिन्छ ।

 क्याश हटाउँदा के हुन्छ ?

ब्राउजरबाट क्याश फाइल हटाउनु भनेको फोनमा भण्डारण भएको वेबसाइटका डेटा हटाउनु हो । यस्ता क्याश हरेक वेबसाइट पेज भिजिट भण्डारण भइरहेका हुन्छन् । यदि क्याश फाइल रहिरहे भने कुनै पनि साइट अपडेट भइसेकेपछि पनि त्यही पेज बारम्बार देखिन्छन् ।

यस्ता क्याश फाइल हटाउनुको अर्थ हो, कुनै पनि साइटलाई रिफ्रेश गर्नु । जसले गर्दा केही समस्या हल हुनुका साथै ब्राउजर फास्ट हुन्छ । कतिपय क्याशले वेबसाइटको लगइन डिटेल समावेश गरेका हुन्छन् । यसरी क्याश हटाउँदा पछि लगइन डिटेल पुनः राख्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ ९:५९