close

एलन मस्कलाई उछिन्दै विश्वका धनाढ्य व्यक्ति बने बर्नार्ड अर्नाल्ट

टेकपाना टेकपाना

मंसिर २२, २०७९ १५:४८

एलन मस्कलाई उछिन्दै विश्वका धनाढ्य व्यक्ति बने  बर्नार्ड अर्नाल्ट

काठमाडौं । विश्वका सर्वाधिक धनाढ्यक व्यक्ति बर्नार्ड अर्नाल्ट बनेका छन् । फोर्ब्स म्यागेजिनका अनुसार चर्चित फेसन ब्रान्ड लुइ भितनका मालिक अर्नाल्टले टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कलाई उछिनेका हुन् ।

नेपाली समय अनुसार बिहीबार साढे ३ बजेसम्म अर्नाल्टकाे कुल सम्पत्ति १८६.६ अर्ब डलर रहेकाे छ । यता मस्ककाे सम्पत्ति १८५.४ अर्ब डलरमा झरेकाे छ ।

फोर्ब्सका अनुसार लुइस भितनको शेयर बढ्दा अर्नाल्टको सम्पत्ति लगातार बढिरहेको छ भने टेस्लाको शेयरमा नाटकीय गिरावट आउँदा मस्कको सम्पत्ति लगातार घटिरहेको छ ।

२०२२ मा मात्र टेस्लाको शेयरमा ५६ प्रतिशतले गिरावट आयो । ट्वीटर प्रयोग गर्दै आफ्नो कम्पनीको शेयर बढाउने मस्कको रणनीतिले यसपटक टेस्लामा ठूलो असर गरेको छ ।

२०२१ को नोभेम्बरमा मस्कको कूल सम्पत्ति ३४० अर्ब पुगेको थियो ।​ ट्वीटरको शेयर खरिदका लागि ४४ अर्ब डलर जम्मा गर्न मस्कले हालसालै टेस्लाको चार अर्ब डलर बराबरको स्टक बेचेका थिए ।

मस्कले ट्वीटर खरिद गरिसकेपछि कम्पनीका कर्मचारलाई बर्खास्त गरेपछि विज्ञापनदाता थप चिन्तित बनेका छन् । मस्कको सम्पत्ति कतिबेला घट्ने र बढ्ने हुन्छ भन्ने कुरा अनुमान गर्नै सकस पर्छ ।

किनभने उनले आफ्नो अधिकांश सम्पत्ति निजी कम्पनीमा लगानी गरेका छन् । मस्कलाई पछि पार्दै बर्नार्ड संसारको सबैभन्दा धनी व्यक्ति बन्दा भारतका गौतम अदानी तेस्रो धनीका रूपमा छन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ १७:३