close

बीवाईडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण पाइने

टेकपाना टेकपाना

मंसिर २२, २०७९ १९:३६

बीवाईडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । बीवाईडीका विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म ऋण पाइने भएको छ । बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि र नबिल बैंकबीच हालै भएको सम्झौता अनुसार गाडी किन्न इच्छुक ग्राहकका लागि यो सुविधा ल्याइएको हो ।

यसअन्तर्गत बीवाईडी गाडी किन्ने ग्राहकले नबिल बैंकबाट सात वर्ष अवधिका लागि १२.९९ प्रतिशत ब्याजदरमा ऋण लिन सक्छन् । साथै ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमै गाडी किन्न सक्ने बताइएको छ ।

हाल नेपाली बजारमा बीवाईडी एट्टो थ्री (मूल्य ८९.९ लाख रुपैयाँ) र ई सिक्स (मूल्य ५९ लाख रुपैयाँ) उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ १९:३६