close

आजदेखि यी सिनेमा हलमा विश्वकप फुटबल हेर्न पाइने

टेकपाना टेकपाना

मंसिर २३, २०७९ १४:५७

आजदेखि यी सिनेमा हलमा विश्वकप फुटबल हेर्न पाइने

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल हुँदैछन् । आज पौने ९ बजे ब्राजिल र क्रोयसियाबीच र राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुवै खेल नेपालका केही सिनेमा हलमा हेर्न सकिने भएकाे छ । यसका लागि दुई ओटा मल्टिप्लेक्ससँग सम्झौता भइसकेको मिडिया हब प्रालिका सञ्चालक सोमप्रसाद धितालले जानकारी दिए । यसअन्तर्गत वान सिनेमाज मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा फुटबल खेल देखाउने छ ।

राति साढे ८ बजेबाट वान सिनेमाजले दुवै हलमा ब्राजिल र क्रोएसियाको खेल देखाउने बताइएको छ । अहिले हलको एड्भान्स बुकिङ खुलाइएकाे छ ।

त्यस्तै अर्को ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोङ्गबुस्थित ल्होत्से मल, पोखरा र चितवनस्थित सिनेप्लेक्सका हलमा फुटबल देखाउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०७९ १५:४