close

यसरी राख्नुहोस् मेसेन्जरमा आफूलाई मन पर्ने विश्वकप फुटबल टोलीको च्याट थिम

टेकपाना टेकपाना

मंसिर २३, २०७९ २२:२४

यसरी राख्नुहोस् मेसेन्जरमा आफूलाई मन पर्ने विश्वकप फुटबल टोलीको च्याट थिम

काठमाडौं । फेसबुक मेसेन्जरले जारी विश्वकपलाई लक्षित गर्दै च्याटमा विभिन्न देशको कलर, थीमका रूपमा राख्ने सुविधा ल्याएको छ । हाल क्वाटरफाइनलमा छनोट भएका आठ देशको झण्डाको रङ्ग आफ्नो च्याट थिमका रूपमा राख्न सकिन्छ ।

विश्वकपको क्वाटरफाइनल खेलका लागि छनोट भएका आठ देश अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, फ्रान्स, क्रोसिया, नेदरल्याण्ड, मोरोक्को र इङ्गल्याण्डको झण्डाको कलर च्याट थिमका रूपमा प्रयोग गर्न पाइन्छ ।

मेसेन्जरमा आफूलाई मनपर्ने देशको कलर थिमका रूपमा राख्न तलको प्रक्रिया अपनाउनुहोस् । 
- सबैभन्दा पहिले मोबाइलमा मेसेन्जर एप खोल्नुहोस् । 
- त्यसपछि कुनै एक व्यक्तिको च्याट खोल्नुहोस् । 
- अनि, माथि रहेको प्रयोगकर्ताको नाममा थिच्नुहोस् । 
- यति गरेपछि त्यहाँ थिम अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । 
- र, आफूलाई मन परेको देशको नाममा क्लिक गर्नुहोस् । 

यसरी तपाईँले मसेन्जरमा क्वाटरफाइनलमा छनोट भएका विभिन्न देशको कलर थिमका रूपमा राख्न सकिन्छ । फेसबुकको मातृ कम्पनी मेटााले यो सुविधा इन्स्टाग्राम च्याटका लागि पनि उपलब्ध गराएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर २३, २०७९ २२:२४