close

नेसनल साइबर ओलम्पियाडको फाइनलमा छानिए ४ कलेज

टेकपाना टेकपाना

मंसिर २४, २०७९ ८:४३

नेसनल साइबर ओलम्पियाडको फाइनलमा छानिए ४ कलेज

काठमाडौं । मंसिर १३ देखि सुरु भएको नेसनल साइबर ओलम्पियाड-२०७९ को सेमिफाइनल चरणका खेल सम्पन्न भएका छन् । यसअन्तर्गत क्वार्टरफाइनल चरणबाट छनोट भएका नौ कलेजमध्ये चार कलेज फाइनलमा प्रवेश गरेका छन् ।

कार्यक्रममा काठमाडाैं उपत्यकाका ४० विद्यालयका माध्यमिक तहका १२० जना विद्यार्थीहरु सहभागी भएका थिए । सेमिफाइनल चरणबाट उत्कृष्ट हुँदै ऐम्स एकेडेमी, रिलायन्स को-एड स्कुल, पाठशाला नेपाल फाउन्डेसन र रिलायन्स पब्लिक स्कुल गरी चार स्कुलका टिम फाइनल चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको फाइनल चरण तथा समापन समारोह मंसिर २६ गते सोमबार रसियन हाउस कमलपोखरी काठमाडाैंमा ११ बजेदेखि सञ्चालन हुनेछ । प्रतियोगितामा सूचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ र ग्यास्पिङ राउन्डमा सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा गराइने छ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०७९ ८:५१