close

नेपालपे क्यूआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाइने

टेकपाना टेकपाना

मंसिर २५, २०७९ १२:१

नेपालपे क्यूआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाइने

काठमाडौं । डिपार्टमेन्ट स्टोर सेल्सबेरीले आफ्ना ग्राहकको लागि नयाँ अफर ल्याएको छ । अब सेल्सबेरीमा सामान खरिद गरेर नेपालपेको क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँसम्मको) क्याशब्याक प्राप्त गर्न सकिनेछ । आजबाट सुरु भएको यो अफर मंसिर २८ गतेसम्म लागू हुनेछ ।

नेपालपे क्यूआरले हालै मात्र सेल्सबेरीमा आफ्नो क्यूआर सेवा विस्तार गरेको हो । यसैको अवसरमा यो अफर उपलब्ध गराइएको हो ।

डिजिटल भुक्तानी प्रोत्साहन गर्नको लागि यो अफर दिइएको कम्पनीको भनाइ छ । नेपालपे क्यूआर एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुछ्रे बैंक, मेगा बैंक, लक्ष्मी बैंक, एनआईसी एसिया, सानिमा बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेल पे, मोरु र कनेक्ट आईपीएसमा मात्र उपलब्ध छ ।     

पछिल्लो अध्यावधिक: मंसिर २५, २०७९ १२:३०