close

इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न

टेकपाना टेकपाना

मंसिर २५, २०७९ १९:५७

इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कमलपोखरी स्थित कलेजबाट स्नातक तह र स्नातकोत्तर तह अध्ययन पूरा गरेका विद्यार्थीहरू दीक्षित भएका हुन् । 

 

जसमा बीएससी (अन्स) कम्प्युटिङ, बीएससी (अन्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, बीए (अन्स) बिजनेस एड्मिनिस्ट्रेसन एण्ड बीएससी (अन्स) मल्टिमिडिया टेक्नोलोजिज अध्ययन पूरा गरेका ८५७ जना विद्यार्थी सहभागी भएका थिए । त्यस्तै कलेजका एमएससी आईटी एण्ड अप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका छन् । 


 

त्यस्तै समारोहमा बिजनेस विषयमा स्नातक तह पूरा गर्ने ९४ र आईटी तह पूरा गर्ने ८३५ विद्यार्थी गरी जम्मा ९२९ विद्यार्थी दीक्षित भएका छन् । कलेजले शनिबार र आइतबारका दिन दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।

 

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज इनोभेट नेपाल ग्रुप (आईएनजी) अन्तर्गत सञ्चालित छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका सहायक उपकुलपति (एकेडेमिक) प्रोफेसर जुली हलले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्ये इस्लिङ्टन कलेज उत्कृष्ट भएको बताइन् । “यो महत्त्वपूर्ण अवसरमा सबै विद्यार्थीको सुखद् भविष्यको शुभकामना दिन चाहन्छु,” उनले भने । 

दीक्षान्त समारोहमा बोल्दै आईएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले लण्डन विश्वविद्यालयाको हाई र्‍याङकिङमा परेको यो कलेजमा उत्तीर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए । उनले दीक्षित

विद्यार्थीहरूको उज्जवल भविष्यको शुभकामना समेत दिए । 


 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०७९ १९:५८