close

अन्तर्राष्ट्रिय बजारमा दुई लाख पर्ने आईफोन १५ नेपालीलाई कति पर्ला ?

टेकपाना टेकपाना

मंसिर २७, २०७९ ८:४२

अन्तर्राष्ट्रिय बजारमा दुई लाख पर्ने आईफोन १५ नेपालीलाई कति पर्ला ?

काठमाडौं । आईफोन १४ सिरिजका स्मार्टफोनहरू सार्वजनिक हुनु भन्दा अगाडि देखि नै आईफोन १५ को विषयमा चर्चाहरू सुरु भइसकेको थियो । अन्य सिरिजका तुलनामा आईफोन १४ सिरिजका स्मार्टफोनहरूले खासै बजार पाउन सकेन । यस्तोमा कम्पनीले आईफोन १५ मा के परिवर्तन ल्याउँछ भन्ने विषय धेरैको चासोको विषय बनेको छ । यसैबिच आईफोन १५ का फिचरहरूसँगै बाहिरिएको मूल्यको जानकारी अहिले चर्चाको विषय बनेको छ । 

एप्पलका उत्पादनहरू सधैं महँगा उत्पादनका रुपमा चिनिन्छन् । बाहिरिएका जानकारी अनुसार आईफोन १५ झनै धेरै महँगो हुनेछ । आईफोन १५ सिरिजको महँगा मोडेलहरू आईफोन १४ को महँगा मोडेलको तुलनामा २०० डलर (करिब २७ हजार रूपैयाँ) ले महँगो हुने बताइएको छ । हाल आईफोन १४ प्रो म्याक्सको मूल्य अन्तर्राष्ट्रिय बजारमा १,२९९ डलर अर्थात् करिब एक लाख ७० हजारको हाराहारीमा छ । 

तर अब आईफोन १५ भने १,४९९ डलर अर्थात् करिब दुई लाख रूपैयाँ पुग्ने निश्चित भएको छ । थप एक टीबी स्टोरेज भेरियन्टको मूल्य १,७९९ डलर (करिब दुई लाख लाख ३५ हजार रूपैयाँ) हुने अनुमान गरिएको छ ।  यो फोन नेपालसम्म आइपुग्दा सो रकम भन्दा पनि माथि जानसक्छ ।

सरकारले महँगा मोबाइलमा लगाएको प्रतिबन्ध फुकाएसँगै वैधानिक रुपबाट नेपालमा भित्रिदाँ मूल्यमा धेरै फरक नपर्ने आशा भने राख्न सकिन्छ । फोर्ब्समा प्रकाशित एक लेखका अनुसार आईफोन १५ सिरिजको स्मार्टफोनको मूल्य भने १,२९९ डलरबाट नै सुरु हुनेछ । 

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ ८:४३