close

बौद्धिक अभ्यास गर्न रुचाउनेका लागि नयाँ एप सहित सार्वजनिक भयो आईओएस १६.२

टेकपाना टेकपाना

मंसिर २८, २०७९ १२:३९

बौद्धिक अभ्यास गर्न रुचाउनेका लागि नयाँ एप सहित सार्वजनिक भयो आईओएस १६.२

काठमाडौं । एप्पलको आफ्नो अपरेटिङ सिस्टमको नयाँ भर्सन आईओएस १६.२ र आईप्याड १६.२ सार्वजनिक गरेको छ । केही नयाँ एप र नयाँ सुधारहरू सहित नयाँ अपडेट आएको हो । योसँगै कम्पनीले नयाँ एप 'फ्रिफर्म' थप गरेको छ । यो एप विशेषगरी बौद्धिक अभ्यास गर्न मनपराउने मानिसलाई लक्षित गरि थप गरिएको कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार यो एप एउटा ठूलो क्यानभास जस्तै हो जहाँ आफूले टिप्नुपर्ने कुराहरू, बनाउने पर्ने डिजाइनहरू तथा अन्य कामहरू गर्न सकिन्छ । यो क्यानभासमा विभिन्न फाइलहरू एड गर्न साथै आफूले गरेको कामहरू शेयर गर्न पनि सकिन्छ । फ्रिफमका यी बोर्डहरू आईक्लाउडमा स्टोर भएर बसेको हुन्छ । यसले गर्दा सो बोर्ड अथवा क्यानभासहरू एक डिभाइसबाट अर्को डिभाइसमा सजिलै सार्न सकिन्छ । 

यो सँगै कम्पनीले 'एप्पल म्युजिक सिङ' फिचर पनि थप गरेको छ । लामो समयदेखि चर्चामा रहेको यो फिचर 'काराओके' अर्थात स्क्रिनमा लिरिक्स हेरेर गित गाउन पाइने फिचर हो । यो नयाँ अपडेटमा आईक्लाउडमा भएका डेटाहरूलाई विभिन्न क्याटगोरी जस्तै नोट, फोटो गरेर छुट्टाएको छ ।

यो अपडेट इन्स्टल गरेपछि आईफोन १४ प्रो र प्रो म्याक्समा अल्वेज-अन डिस्प्ले फिचरमा वालपेपर र नोटिफिकेसन लुकाउन सकिने पनि कम्पनीले जनाएको छ । यसका साथै अपरेटिङ सिस्टममा देखिएका ३० भन्दा बढि समस्याहरू पनि यो अपडेट मार्फत समाधान गरिएको कम्पनीले जनाएको छ ।   

पछिल्लो अध्यावधिक: मंसिर २८, २०७९ १२:३९