close

आईएमई पेको नयाँ सीईओ बने प्रवीन रेग्मी, को हुन् उनी ?

टेकपाना टेकपाना

मंसिर २८, २०७९ १२:४८

आईएमई पेको नयाँ सीईओ बने प्रवीन रेग्मी, को हुन् उनी ?

काठमाडौं । भुक्तानी सेवाप्रदायक तथा डिजिटल वालेट कम्पनी आईएमई पेको सीईओमा प्रवीन रेग्मी नियुक्त भएका छन् । यस अघिका सीईओ विकास नाहटा बोर्ड निर्देशकमा बढुवा भएपछि उनको स्थानमा रेग्मीलाई ल्याइएको हो ।

यसअघि उनी भारतको यूपीआई सिस्टमलाई क्रस बोर्डर पेमेन्ट (सीमा पार भुक्तानी) को रूपमा नेपाल भित्र्याउन लागिरहेको कम्पनी गेटवे पेमेन्ट नामक कम्पनीमा महाप्रबन्धक थिए । करिब एक वर्ष गेटवे पेमेन्टमा काम गरेका उनले  त्यसअघि झण्डै सवा वर्ष छिटो कनेक्ट नामक भुक्तानी प्रदायक कम्पनीमा विभिन्न भूमिकामा रहेर काम गरेका थिए ।

सन् २००७ मा एसटीएम टेलिकमबाट प्रोजेक्ट म्यानेजरको रूपमा करियर सुरु गरेका उनी करिब साढे चार वर्षपछि बैंकिङ क्षेत्रमा होमिएका थिए । त्यसक्रममा साढे चार वर्ष उनले एनआईसी एसिया बैंकमा सूचना प्रविधि अधिकृत र व्यवसाय विकास अधिकृतको रूपमा काम गरे ।

सन् २०१७ मा एनएमबी बैंकमा आवद्ध भएका उनले त्यहाँ दुई वर्ष बिजनेस डेभलपमेन्ट म्यानेजर र डिजिटल बैंकिङ म्यानेजरको अनुभव लिए । त्यसपछि डिजिटल रूपान्तरण परियोजना प्रमुखको रूपमा एनआईसी एसिया बैंक प्रवेश गरेका थिए ।

सीईओ रेग्मीले काठमाडौ‌ं इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ र पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए गरेका छन् । 

पछिल्लो अध्यावधिक: मंसिर २८, २०७९ १२:४८