close

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सहकार्य, डिजिटल वालेटसँगै १५ हजार स्थानबाट रकम झिक्न सकिने

टेकपाना टेकपाना

मंसिर २९, २०७९ १४:२

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सहकार्य, डिजिटल वालेटसँगै १५ हजार स्थानबाट रकम झिक्न सकिने

काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिबीच व्यवसायिक सम्झौता भएको छ । हालै भएकाे सम्झौतामा नेपाल रेमिट इन्टरनेशनल प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रालिको तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे ।

यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रालि नेपाल रेमिट इन्टरनेसनल प्रालिको मुख्य प्रतिनिधि भएको छ । नेपाल रेमिट इन्टरनेसनलले नेपालका सबै बैंक खाताहरुमा वास्तविक समय (रियल टाइम)मै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । यसले विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ ।

यी दुई कम्पनीबीको सम्झौताले विश्वका विभिन्न क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ । प्रभु म्यानेजमेन्ट प्रालि सँगको सम्झौतासँगै नेपाल रेमिटका ग्राहकले अब देशभर रहेका १५ हजार स्थानबाट विदेशबाट पठाएको रकमको भुक्तानी लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०७९ १४:२