close

महिलाका लागि निःशुल्क आईटी तालिम दिँदै नेपाल चेम्बर अफ कमर्स

टेकपाना टेकपाना

पुस १, २०७९ १५:४८

महिलाका लागि निःशुल्क आईटी तालिम दिँदै नेपाल चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा देशभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो ।

सूचना प्रविधि तालिममा महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । तालिममा सहभागी इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र कमिटी समेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

उद्यमी महिलाका लागि सञ्चार क्षमता, बजार प्रवर्द्धन, वेबसाइट डिजाइन, अनलाइन व्यवसाय प्रवर्द्धन लगायतका विषयमा तालिम दिइने छ ।

तालिम सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ वर्षसम्म सञ्चालन हुने चेम्बरले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस १, २०७९ १५:४८