close

१४ सिट भएको तोआनो इलेक्ट्रिक मिनिबस नेपाली बजारमा आउँदै, ३०० किमिसम्म रेन्ज दिने

टेकपाना टेकपाना

पुस २, २०७९ ९:५१

१४ सिट भएको तोआनो इलेक्ट्रिक मिनिबस नेपाली बजारमा आउँदै, ३०० किमिसम्म रेन्ज दिने

काठमाडाै‌ । नेपाली बजारमा नयाँ फोटोन तोआनो इलेक्ट्रिक मिनिबस भित्रिने भएको छ । नेपालका लागि तोआनो ब्रान्डकाे आधिकारिक वितरक फोटोन मोटर्स नेपालले १४ सिट भएको विद्युतीय गाडी भित्र्याउन लागेको हो ।

यस गाडीमा ७९.९२ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसलाई एक पटक फुल चार्ज गर्दा ३०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

ब्याट्रीलाई नर्मल चार्जरबाट फुल चार्ज गर्न ६ देखि ८ घण्टासम्म लाग्छ भने फास्ट चार्जरबाट फुल चार्ज गर्न दुई घण्टा ३० मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

गाडीलाई अधिकतम १०० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा गुडाउन सकिने छ । पुस महिनाकाे अन्त्यसम्म नेपाली बजारमा आउने बताइएकाे याे गाडीकाे मूल्यबारे केही खुलाइएकाे छैन ।

पछिल्लो अध्यावधिक: पुस २, २०७९ ९:५१