close

उपयोगी प्रविधिको अनुसन्धान र विकास गर्नेलाई सहयोग गर्छौंः महावीर पुन

टेकपाना टेकपाना

पुस २, २०७९ १५:४६

उपयोगी प्रविधिको अनुसन्धान र विकास गर्नेलाई सहयोग गर्छौंः महावीर पुन

काठमाडौं । आम जनजीवनमा उपयोगी हुने प्रविधिको अनुसन्धान र विकास गर्नेलाई आविष्कार केन्द्रले सहयोग गर्ने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो फेसबुकमा एक पोस्ट लेख्दै विभिन्न क्षेत्रमा उपयोग हुने प्रविधिको अनुसन्धान तथा विकास गर्न इच्छुक समूहलाई केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

उनले कृषकहरूलाई उपयोगी हुने औजारहरू र प्रविधिसहित स्वास्थ्य र सूचना प्रविधि क्षेत्रमा अति नै उपयाेगी हुने प्रविधिको अनुसन्धान तथा विकास गर्ने र व्यावसायीकरण गर्ने सोच भएका इच्छुक समूहलाई केन्द्रमा सम्पर्क गर्न आह्वान गरेका हुन् । 

यो अनुसन्धान अन्तर्गत हुने कामको क्षेत्र भने गण्डकी प्रदेश रहेको छ । गण्डकी प्रदेश सरकारको अनुदानमा केन्द्रले गर्न लागेको यो कार्यक्रम अन्तर्गत आफ्नो प्रस्ताव गण्डकी प्रदेशभित्रको क्षेत्रलाई समेट्ने गरी हुनुपर्ने पुनको भनाइ छ ।

"अनुसन्धान गर्न राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानकर्तालाई काम गर्ने ठाउँ, औजार, सामानहरू जस्ता सबै सहुलियत उपलब्ध गराउने छ," पुनले उल्लेख गरेका छन् ।

इच्छुकहरूले [email protected] अथवा ९८४१५९२३६१ मा सम्पर्क गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: पुस २, २०७९ १५:४६