close

विश्वकप फुटबलको लाइभ डिशहोम गो मोबाइल एपमा निःशुल्क

टेकपाना टेकपाना

पुस ३, २०७९ २०:२०

विश्वकप फुटबलको लाइभ डिशहोम गो मोबाइल एपमा निःशुल्क

काठमाडौं । डिशहोमको मोबाइल एप डिशहोम गोमा विश्वकप फुटबलको फाइनल खेलको प्रत्यक्ष प्रसारण सुरु भएको छ । कम्पनीले आफ्ना ग्राहकलाई निःशुल्क रूपमा यो सुविधा उपलब्ध गराएको हो ।

डिशहोम गो एप प्रयोग गर्न घरमा डिशहोमको ग्राहक भने हुनु पर्छ । यदि तपाईँ डिशहोम डीटीएच टिभीको ग्राहक हुनुहुन्छ भने यो सुविधा प्रयोग गर्न सक्नु हुन्छ ।

यसका लागि सुरुमा गुगल प्ले स्टोर तथा एप्पल आईओएस स्टोरमा गएर डिशहोम एप डाउनलोड गरी डिशहोममा दर्ता मोबाइल नम्बर राखेर लगईन गर्नु पर्ने हुन्छ ।

त्यसपछि डिशहोम गो नामक एप डाउनलोड गरी डिशहोम एपको ओटीटी अप्सनमा राखिएको युजरनेम र पासवर्ड राखेर लगईन गर्नुपर्ने हुन्छ ।यति गरिसकेपछि लाइभ टिभी सेक्सनमा आइरहेको हिमालय टिभी एचडीमा विश्वकप फुटबलको फाइनल खेल हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ ११:५९