close

काठमाडौं उपत्यकामै टाटा नेक्सन ईभीको अधिकतम रेञ्ज ३४७ किमि !

टेकपाना टेकपाना

पुस ५, २०७९ १३:२३

काठमाडौं उपत्यकामै टाटा नेक्सन ईभीको अधिकतम रेञ्ज ३४७ किमि !

काठमाडाैं । काठमाडौ उपत्यकाको सडकमा नेक्सन ईभीले ३४७ किलोमिटरसम्मको रेन्ज दिएको छ । ‘नेपालका लागि नेक्सन ईभी रेन्ज टेष्ट २०२२’ नामक प्रदर्शानात्मक कार्यक्रममा गरिएको परीक्षणमा एक सहभागीले याे रेन्जमा गाडी गुडाएका हुन् ।

साे कार्यक्रममा सलिम श्रेष्ठले ३४७ किलोमिटरसम्मको रेन्ज निकल्दै पहिलो बने । त्यस्तै ३३२ किलोमिटर रेन्ज निकाल्दै भरत पुडासैनी र अनिश कावरा संयुक्त रूपमा दाेस्राे र ३२१ किलोमिटर रेन्ज निकाल्दै तृप्ति सिंह र उदिप न्यौपाने संयुक्त रूपमा तेस्रो भए । कार्यक्रममा सहभागीता भएकामध्ये १४ जनाले ३०० किलोमिटर भन्दा बढी रेन्ज निकाल्न सफल भएका थिए ।

कार्यक्रममा उत्कृष्ट रेन्ज निकाल्न सफल सलिम श्रेष्ठले सम्मानपत्र, प्रमाणपत्रका साथ ४३ ईञ्चको सामसङ स्मार्ट एलईडी टिभी पाएका छन् । त्यस्तै दोस्रो हुने पुडासैनी र कावरालाई २८ लिटरको सामसङ ओभन प्रदान गरियाे ।

तेस्रो हुने सिंह र न्यौपानेले सामसङ भ्याकुम क्लिनर हात पारे । कार्यक्रममा ३४ जना नेक्सन ईभी चालककाे सहभागिता थियो । नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिको आयोजना र टाटा मोटर्स प्रालिको सह-आयोजनामा साे कार्यक्रम गरिएकाे थियाे ।

यसअन्तर्गत कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दरबारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर परीक्षण कार्यक्रम समापन गरिएको थियो ।

पछिल्लो अध्यावधिक: पुस ५, २०७९ १४:४१