close

पब्जी मोबाइल नेसनल च्याम्पियनशिपमा आज फाइनल भिडन्त, कसले जित्ला उपाधि ?

टेकपाना टेकपाना

पुस ७, २०७९ १५:१७

पब्जी मोबाइल नेसनल च्याम्पियनशिपमा आज फाइनल भिडन्त, कसले जित्ला उपाधि ?

काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) नेपाल २०२२ को फाइनल चरणअन्तर्गत आज अन्तिम दिनका खेल सुरू भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सुरू भएको खेलमा उपाधिका लागि १६ टिम भिड्दैछन् ।

बुधबार भएको फाइनल चरणको पहिलो दिनको खेलमा 'लियो ग्याङ्स्टर'ले उत्कृष्ट सुरुवात गरेको थियो । 'लियो ग्याङ्स्टर'ले छ खेलमध्ये तीनमा चिकेन डिनर निकाल्दै राम्रो सुरुवात गरेको हो । यो टिमको ५५ प्लेस पोइन्ट र ६१ एलिमिनेसन पोइन्टसहित कुल ११६ पोइन्ट छ । यो टिम केही हप्ताअघि भएको 'सुबिसु अल्टिमेट ब्याटल' प्रतियोगिताको विजेता पनि हो ।

त्यस्तै दोस्रो स्थानमा २०२० मा पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप खेलेको नेपाली टिम ‘एब्रप्ट स्लेयर’ छ, जसले कुल ८३ पोइन्ट ल्याएको छ । त्यस्तै तेस्रो स्थानमा ‘इलुमिनेट क्रु’ र चौंथो स्थानमा ‘गोर्खाली वारियर्स’ रहेका छन् ।

प्रतियोगितामा आज ६ खेल हुनेछ । उपाधि जित्ने टिमले १० हजार डलर (करिब १३ लाख नेपाली रुपैयाँ) हात पार्नेछ भने दोस्रो हुने टिमले पाँच हजार डलर (करिब साढे छ लाख नेपाली रुपैयाँ) र तेस्रो हुने टिमले ३५ सय डलर (करिब साढे चार लाख नेपाली रुपैयाँ) पाउनेछ । 

साथै प्रतियोगितामा शीर्ष तीनभित्र रहने टिमले ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया स्प्रिङ २०२३’ मा स्थान बनाउनेछन् ।

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ १५:२६