close

चिप उत्पादनमा आक्रामक बन्दै सामसङ

टेकपाना टेकपाना

पुस १३, २०७९ १२:५०

चिप उत्पादनमा आक्रामक बन्दै सामसङ

काठमाडौं । प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले सेमिकडक्टर अर्थात् चिप उत्पादन बढाउने भएको छ । कम्पनीले दक्षिण कोरियास्थित सबैभन्दा ठूलो चिप उत्पादन केन्द्र पी३ लाई परिष्कृत गर्दै उत्पादन दर बढाउन लागेकाे हाे ।

सामसङको यो कदम अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा भने पूर्ण फरक देखिएको छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी र चिपको मागमा आएको कमीका कारण अन्य चिप निर्माता कम्पनीले लगानी घटाउँदै लगेका छन् । तर, सँगै सामसङले भने यही समयमा आफ्नो सबैभन्दा ठूलो फ्याक्ट्रीलाई विस्तार गर्ने र्निाय लिएको छ ।

सामसङको यो निर्णय अन्य प्रतिस्पर्धी कम्पनीका बीचमा आफूलाई अब्बल तुल्याउनुका साथै कम्पनीको शेयर मूल्यलाई सहयोग गर्ने हिसाबले आएको यस क्षेत्रका विज्ञले बताएका छन् । नयाँ विस्तार योजना अन्तर्गत १२ इन्चको डीआरएएम चिप समावेश हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: पुस १३, २०७९ १२:५०