close

'प्रतिभाशाली नेपालीलाई देशमै राखी अनुसन्धान-आविष्कारमा नलगाएसम्म अर्थतन्त्र सुध्रिन्न'

टेकपाना टेकपाना

पुस १४, २०७९ ९:४१

'प्रतिभाशाली नेपालीलाई देशमै राखी अनुसन्धान-आविष्कारमा नलगाएसम्म अर्थतन्त्र सुध्रिन्न'

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं अध्यक्ष महावीर पुनले प्रतिभाशाली नेपालीहरुलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा काम दिनुपर्नेमा जोड दिएका छन् । यी क्षेत्रमा उच्च प्राथमिकता दिएर काम नगराएसम्म देशको अर्थतन्त्र नसुध्रिने, नबन्ने वा लयमा नआउने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भनेका छन् ''सरकार र सबै नेपालीहरु नमस्ते ! प्रतिभाशाली नेपालीहरुलाई देशमा नै राखेर अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई उच्च प्राथमिकतामा दिई काम नगराइनकन अर्थतन्त्र सुध्रिदैन, बन्दैन र लयमा आउँदैन ।''

पुनको आविष्कार केन्द्रमार्फत विभिन्न क्षेत्रमा उपयोगी हुने उपकरण तथा प्रविधिको अनुसन्धान तथा विकासका साथै यसकाे व्यवसायिकरणको काम हुँदै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०७९ १०:६