close

अमेजनले थाल्यो ड्रोनबाट होम डेलिभरी सेवा, १ घण्टाभित्र ग्राहकले सामान पाउने

टेकपाना टेकपाना

पुस १६, २०७९ १३:५९

अमेजनले थाल्यो ड्रोनबाट होम डेलिभरी सेवा, १ घण्टाभित्र ग्राहकले सामान पाउने

काठमाडौं । अमेजनले क्यालिफोर्निया र टेक्सासमा ड्रोनमार्फत सामान डेलिभरी गर्न सुरु गरेको छ । अर्डर गरेको एक घण्टाभित्र सामान डेलिभरी गर्ने गरी कम्पनीले याे सेवा सुरु गरेको हो । क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा आएका धेरै अर्डरहरू ड्रोनको माध्यमबाट सकुशल डेलिभरी गरिएको कम्पनीले जनाएको छ ।

विस्तारै यो सेवा अब अन्य सहरमा पनि सुरु गर्ने कम्पनीको याेजना छ । अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले ड्रोनद्वारा सामानका प्याकेजहरू पठाउन स्वीकृति दिएसँगै अमेजनले यो काम क्यालिफोर्निया र टेक्सासमा सुरु गरेको हो ।

यी सहरका मानिसले आफ्नो लोकेसनसहित साइनअप गरेर अर्डर गर्न सक्नेछन् । यसरी डेलिभरीका लागि ड्रोन पठाउँदा सम्भावित दुर्घटनाबाट जोगाउन रुटमा पर्ने सहरमा पूर्वजानकारी दिइने र अन्य सुरक्षाका उपाय अपनाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०७९ १३:५९