close

कुल ८० हजार पुरस्कार राशीको ह्याकाथन आयोजना गर्दै लोकस, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

पुस १७, २०७९ ११:५७

कुल ८० हजार पुरस्कार राशीको ह्याकाथन आयोजना गर्दै लोकस, यसरी हुनुहोस् सहभागी

काठमाडौं । इन्जिनियरिङका विद्यार्थीहरूको संस्था, लोकसले एक हप्ते लामो ह्याकाथन आयोजना हुने घोषणा गरेको छ । पुस २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने 'नाम्चे ह्याक-अ-विक' नाम दिइएको उक्त ह्याकाथनमा सहभागीताको लागि लोकसले आह्वान गरेको हो । 

एक हप्ता लामो यो ह्याकथन आईटी क्षेत्रका विद्यार्थीहरूको लागि आयोजना गरिएको हो । यस प्रतियोगितामा विद्यार्थीहरूले फिनटेक, डिजिटल हेल्थ, जेनेरेटिभ एआई र डेभलपर टुल्स लगायतका विधाहरूमा आफ्नो सीप र आविष्कारहरू प्रदर्शन गर्न सक्ने साथै सम्बन्धित विषयमा नयाँ कुराहरू सिक्ने मौका प्राप्त गर्ने लोकसले जनाएको छ । 

कार्यक्रम पुस २४  गते पुल्चोक क्याम्पसमा सुरु भई पुस ३० गते एकेडेमी अफ कुलिनरी आर्टस एन्ड होटल म्यानेजमेन्टमा समापन हुनेछ । सहभागीहरूले आफ्नो छनोट गरिएको विधाका परियोजनाहरूमा काम गर्ने र उद्योग विशेषज्ञहरूबाट प्राविधिक सल्लाह प्राप्त गर्ने अवसर पाउनेछन्। 

कार्यक्रमको कुल पुरस्कार राशी ८०,००० रुपैयाँ रहेको छ । कार्यक्रममा आफ्नो नाम वा आफ्नो टोलीको नाम दर्ताको गर्नको लागि यहाँ क्लिक गर्नुहोस् । दर्ता प्रक्रिया पुस २२ गतेसम्म मात्र सञ्चालन हुनेछ ।  

 

पछिल्लो अध्यावधिक: पुस १७, २०७९ ११:५७