close

प्रतिबन्धित वनएक्स बेटमा पारस खड्काको फोटो दुरुपयोग

टेकपाना टेकपाना

पुस १७, २०७९ २०:१२

प्रतिबन्धित वनएक्स बेटमा पारस खड्काको फोटो दुरुपयोग

काठमाडौं । अनलाइन बेटिङ साइट वनएक्स बेटको प्रचारका लागि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको फोटो दुरुपयोग भएको पाइएको छ । उक्त विज्ञापनमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै खड्काले स्पष्टीकरण दिएका छन् ।

विज्ञापनका लागि प्रयोग भएको पोस्टमा खड्काको पुरानो फोटो प्रयोग गरिएको छ । जहाँ १४ हजार रुपैयाँसम्म शत प्रतिशत बोनस पाइने सङ्केत गरिएको छ ।

"विभिन्न सामाजिक सञ्जालहरूमा मेरो अनुमति र जानकारीबिना विज्ञापन तथा अन्य प्रयोजनका निमित्त मेरो नाम, तस्बिर तथा मसँग सम्बन्धित चिन्हहरूको प्रयोगप्रति ध्यानाकर्षण भएको छ," सामाजिक सञ्जाल फेसबुकमा खड्का लेख्छन्, "यस्ता कार्यहरूमा मेरो कुनै पनि संलग्नता छैन ।"

बारम्बार रिर्पोट गर्दा पनि बेवास्ता गरेर आफ्नो मानमर्यादामा क्षति पुर्‍याउने कार्य निन्दनीय भएको खड्का बताउँछन् । "कसैको मन्जुरीबिना उसको नाम, तस्विर तथा ऊसँग सम्बन्धित चिन्हको प्रयोग वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ ले निषेध गरेको छ ," उनी थप्छन् ।

यस्ता भ्रामक सूचनाका पछि नलाग्न र नफैलाउन खड्काले अनुरोध गरेका छन् ।

पछिल्लो अध्यावधिक: पुस १७, २०७९ २०:१२