सेन्सर टावरको नयाँ रिपोर्टले गएको जुन महिनामा मात्रै टिकटक एप आठ करोड ७० लाखभन्दा बढी पटक डाउनलोड भएको खुलासा गरेको छ । उक्त रिपोर्टअनुसार गेम बाहेकका एपको वर्गमा टिकटप सबैभन्दा धेरै डाउनलोड हुने एपमा पर्न सफल भएको छ ।
यो सन् २०१९ को जुन महिनायताको ५२.७ प्रतिशत वृद्धि हो । यस अवधिमा यो एप भारतमा सबैभन्दा धेरै पटक अर्थात १८.८ प्रतिशत बढी पटक इन्स्टल भएको छ । त्यसपछि दोस्रो धेरै डाउनलोड अमेरिकामा ८.७ प्रतिशतको वृद्धि छ ।
सेन्सरटावरले नन् गेमिङ अर्थात गेम बाहेकका एपहरुमध्ये सबैभन्दा धेरै डाउनलोड भएका टप १० एपको डाउनलोड जुनमा सबैभन्दा धेरै छ । एप डाउनलोडको यो आँकडा सेन्सर टावरको स्टोर इन्टेलिजेन्स प्लेटफर्मले निकालेको हो ।
टिकटकसँगसँगै भिडियो कन्फ्रेन्सिङ एप जूमको डाउनलोड पनि यस अवधिमा उल्लेख्य रुपमा बढेको छ । यो एप जुनमा मात्रै सात करोड १२ लाख पटक डाउनलोड भएको छ ।
जुन गत वर्षको तुलनामा ३४ गुणाले बढी हो । यो एपको डाउनलोड वृद्धिमा पनि भारत सबैभन्दा अगाडि छ । जहाँ ३०.८० प्रतिशत डाउनलोड रहेको छ भने अमेरिकामा ११.३० प्रतिशत छ ।
क्रमशः फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एण्ड्रोइडमा सबैभन्दा धेरै डाउनलोड हुने पाँच एपको सूचीभित्र अटाएका छन् । आईओएसमा भने युट्युव अगाडि देखिएको छ ।
रोचक कुरा त के छ भने मे महिनाको आँकडासँग तुलना गर्दा ह्वाट्सएपको प्रशिद्धिलाई समेत जूमले माथ दिएको छ । पछिल्लो केही दिनयता भारतमा त्यहाँको सरकारको नीति अनुसार गूगल र एप्पलले टिकटक सहितका ५९ वटा एपमाथि प्रतिबन्ध लगाएका छन् ।
त्यतिमात्र होइन अमेरिकाका राज्य सचिव माइके पोम्पेओले केही दिन अघि मात्र अमेरिकाले समेत गोपनीयता र सुरक्षाको विषयलाई लिएर टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने विषयमा विचार गरिरहेको बताएका थिए । निश्चित रुपमा भारतमा लागेको प्रतिबन्धले टिकटकलाई नराम्रो धक्का लाग्ने छ र डाउनलोडमा देखिएको प्रगतिमा समेत असर पर्नेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
