close

लकडाउनको बेला सामान्यभन्दा दोब्बर समय बित्यो मोबाइलमा

टेकपाना टेकपाना

असार २६, २०७७ १५:२६

लकडाउनको बेला सामान्यभन्दा दोब्बर समय बित्यो मोबाइलमा

काठमाडौं । कोभिड १९ को महामारी पछि लागु भएको लकडाउनको समयमा मानिसहरु मोबाइलमा अहिलेसम्मकै धेरै व्यस्त भएको एप एन्नीको प्रतिवेदनमा देखिएको छ । गत अप्रिल महिनामा विश्वभरका मानिसहरुले मोबाइल एपमा दुई सय अर्ब घण्टा भन्दा धेरै समय बिताएका थिए ।

सो अवधिमा मानिसहरुले आफ्नो स्मार्टफोनको एपमा प्रतिदिन औषत चार घण्टा २० मिनेटको समय बिताएको प्रतिवेदनमा उल्लेख छ । यो औषत समय सामान्यभन्दा दोब्बर हो ।

२०२० को दोस्रो चौमासिकमा प्रयोगकर्ताहरुले ३५ अर्बभन्दा धेरै पटक नयाँ एपहरु डाउनलोड गरेको पाइएको छ । जसमा गूगल प्ले स्टोरमा एप डाउनलोड १० प्रतिशतले बढेर २५ अर्ब पुगेको थियो भने आईओएसमा २० प्रतिशतले बढेर १० अर्ब पुगेको हो ।

यस्तै गूगल प्ले स्टोरमा गैर गेमिङ एपको डाउनलोड ५५ प्रतिशतले बढेको छ भने आईओएसमा ७० प्रतिशतभन्दा माथि रहेको छ । उक्त अवधिमा मानिसहरुले सबैभन्दा धेरै विजनेस क्याटेगोरीका एपहरु डाउनलोड गर्ने र समय बिताउने गरेको पाइएको छ ।

वर्क फ्रम होमका कारण सबै मानिसहरु घरमा बसेर काम गरिरहँदा यस्ता एपहरुको डाउनलोड ११५ प्रतिशतले बढेको हो । यस्तै दोस्रोमा शैक्षिक एपहरु, तेस्रोमा ह्येल्थ तथा फिटनेस तथा चौंथोमा मनोरञ्जनका एपहरुको डाउनलोड र युजर इंगेजमेन्ट बढी देखिएको प्रतिवेदनमा पाइएको छ । 

यस्तै पीसी म्याक गेम र होम गेम कन्सोलको तुलनामा यो अवधिमा मोबाइल गेमिङका प्रयोगकर्ता बढिरहेको पाइएको छ । पीसी तथा म्याक गेमिङको तुलनामा मोबाइल गेमिङको प्रयोग २.८ गुणाले बढेको छ भने यस्तै होम गेम कन्सोलको तुलनामा मोबाइल गेमिङ ३.१ प्रतिशतले बढी रहेको पाइएको छ । 

यस्तै २०२० को पहिलो चौमासिकमा आईओएस एपस्टोर र गूगल प्ले स्टोरमा प्रयोगकर्ताहरुले गर्ने ७० खर्च गेमिङमा हुने गरेको पाइएको छ । तर गेमिङ डाउनलोडको अवस्था भने ४० प्रतिशत मात्र रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३