close

फाइभजी पेटेन्टमा ह्वावेको अग्रता

टेकपाना टेकपाना

फागुन ७, २०७७ १३:२५

फाइभजी पेटेन्टमा ह्वावेको अग्रता

काठमाडाैं । चिनियाँ ब्राण्ड ह्वावेले फाइभजी प्रविधिमा सबैभन्दा बढी पेटेन्ट दर्ता गराएको छ । यसअन्तर्गत कम्पनीले ४,३४८ महत्वपूर्ण फाइभजी पेटन्ट प्राप्त गरेको कम्पनीका संस्थापक एवं सीईओ रेन झेंगफेईले बताए ।

यो फाइभजी पेटेन्टको कुल २० प्रतिशत हो । ह्वावेपछि क्वालकमले धेरै पेटेन्ट दर्ता गराएको छ । सीईओ रेनले हालै मिडियासँग कुराकानी गर्दै फाइभजी पेटन्टको मामलामा ह्वावेलाई पहिलो स्थानमा रहेको र विश्वभर अनुसन्धान एवं अन्वेषणको काम तीव्र रुपले भइरहेको बताए ।

उनका अनुसार ह्वावेका विश्वभर एक सयभन्दा बढी अनुसन्धान ल्याब सञ्चालनमा छन् । पेटेन्टमा अग्रता राखेसँगै विश्वमा फाइभजी नेटवर्क र इलेक्ट्रोनिक्स उपकरणहरुमा ह्वावेको योगदान हुने विश्वास उनको छ ।

यस्ता छन् फाइभजी पेटेन्ट प्राप्त गर्ने शीर्ष १० कम्पनी

Current Assignee5G families5G granted and active families5G EPO/USPTO granted and active families5G EPO/USPTO granted and active families not declared to other generations
Huawei (CN)15.39%15.38%13.96%17.57%
Qualcomm (US)11.24%12.91%14.93%16.36%
ZTE (CN)9.81%5.64%3.44%2.54%
Samsung Electronics (KR)9.67%13.28%15.10%14.72%
Nokia (FN)9.01%13.23%15.29%11.85%
LG Electronics (KR)7.01%8.7%10.3%11.48%
Ericsson (SE)4.35%4.59%5.25%3.79%
Sharp (JP)3.65%4.62%4.66%5.50%
Oppo (CN)3.47%0.95%0.64%1%
CATT Datang Mobile (CN)3.44%0.85%0.46%0.68%

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१