close

उपचार पछि मात्रै भुक्तानी गर्न मिल्ने सेवा सहित सञ्चालनमा आयो 'क्यासलेस मेडिकल सेन्टर'

टेकपाना टेकपाना

पुस १८, २०७९ ११:५

उपचार पछि मात्रै भुक्तानी गर्न मिल्ने सेवा सहित सञ्चालनमा आयो 'क्यासलेस मेडिकल सेन्टर'

काठमाडौं । अब उपचार गरिसकेपछि मात्र भुक्तानी गर्न पाइने सेवा सहितको क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ । मेडप्रो इन्टरनेसनलले भौतिक र भर्चुअल दुवै तरिकाले उपचार सेवा लिन मिल्ने गरी नयाँ सेवा काठमाडौंको धुम्बाराहीमा सुरु गरेको हो । 

उपचार सेवालाई प्राथमिकतामा राख्दै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी भन्ने अवधारणा सहितको सेवा सञ्चालनमा ल्याइएको सञ्चालक डा. विशाल ढकालले बताए । यस किसिमको सेवा नेपालमै र सम्भवत: दक्षिण एशियामै पहिलोपटक हुनसक्ने उनको दाबी छ । 

उनका अनुसार यो मेडिकल सेन्टरमा उपचार सेवा लिएपछि मात्र अन्तिममा बिल प्रदान गरिनेछ, जुन रकमको भुक्तानी कुनै पनि माध्यमबाट सोही महिनाको अन्तिम वा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ । मेडिकल सेन्टरको सुविधा लिन सुरूमा सदस्य बन्नुपर्ने हुन्छ । 

यसको लागि प्रयोगकर्ताले मेडिकल सेन्टरको वेब भर्सन अथवा मोबाइल एप्लिकेशन प्रयोग गर्न सक्नेछन् । यो सेवा सातै दिन र चौबिसै घण्टा लिन सकिने बताइएको छ ।  
 

पछिल्लो अध्यावधिक: पुस १८, २०७९ ११:५