close

नबिल बैंकको ग्राहकलाई मिडासको ई-क्लासमा छुट

टेकपाना टेकपाना

पुस १९, २०७९ १०:५३

नबिल बैंकको ग्राहकलाई मिडासको ई-क्लासमा छुट

काठमाडौं । अब नबिल बैंकका ग्राहकहरूले मिडास एजुकेशन प्रालिले प्रदान गर्ने ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । यो छुटको लागि दुई पक्षबिच सम्झौता भएको छ । 

सम्झौता अनुसार अब नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामा प्राप्त गर्न सक्नेछन् भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ । 

बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ । 

मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्यूटोरियल भिडिओहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमा विकास गरिएको छ । 

पछिल्लो अध्यावधिक: पुस १९, २०७९ १०:५३