close

ई-पासपोर्ट वितरण अवरुद्ध

टेकपाना टेकपाना

पुस १९, २०७९ १५:५४

ई-पासपोर्ट वितरण अवरुद्ध

काठमाडौं । राहदानी विभागको वेबसाइटमा समस्या आएको छ । विभागले एक सूचना जारी गर्दै अनलाइनमा राहदानी आवेदनको स्टेटस हेर्ने तथा राहदानी वितरण कार्य अवरूद्ध भएको जानकारी दिएको छ ।

समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने भन्दै अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ । 

यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति विभागले माफी मागेको छ ।

तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बायोमेट्रिक भने साेही मितिमै  हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: पुस १९, २०७९ १६:२८