close

वीर अस्पतालमा अब अनलाइनबाटै भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

पुस २०, २०७९ ८:४१

वीर अस्पतालमा अब अनलाइनबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा पनि अनलाइन भुक्तानी सुरु भएको । अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झटलाई हटाउँदै अस्पतालले फोनपेको सहकार्यमा अनलाइन भुक्तानी सुरु गरेको हो । 

अस्पतालमा डाइनामिक क्यूआर कोड प्रणाली जडान गर्दै फोनपेले आफ्नो सेवा विस्तार गरेको छ । अब अस्पतालमा फोनपेको क्यूआर कोड स्क्यान गरि सहजै भुक्तानी गर्न सकिनेछ । यो प्रणालीले नगद बोकेर हिड्नुपर्ने बाध्यतालाई हटाएको छ भने उपचारको लागि बोकेको रकम चोरी हुने जोखिम पनि कम हुने वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले बताए । 

"वीर अस्पतालमा क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा सुरू भएसँगै अबदेखि नगद नै बोकेर आउन पर्ने बाध्यता र पर्स चोरी हुने जस्ता डरबाट मुक्ति मिलेको छ," "हामीले हरेक दिन अस्पताललाई प्रविधि मैत्री बनाउँदै लगिरहने छौँ ।

फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुविधा उपलब्ध गराइएको हो । अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शकालागि मोबाइल एप्लिकेशन मार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको उनले बताए । 
 

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ ९:४१